Logo

युनाईटेड फाइनान्सको शाखा काठमाण्डौंको गोठाटारमा, शाखा संख्या २३ पुग्यो

युनाईटेड फाइनान्सको शाखा काठमाण्डौंको गोठाटारमा, शाखा संख्या २३ पुग्यो



काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले काठमाण्डौंको गोठाटारमा शाखा विस्तार गरेको छ । विस्तारित शाखासँगै फायनान्सको शाखा संख्या २३ पुगेको छ ।

laxmi

युनाईटेडले संचालनमा ल्याएको उक्त शाखाको फाइनान्सका अध्यक्ष बसन्त कुमार चौधरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले एक कार्यक्रमको आयोजना गरि संयुक्त रुपमा उद्घाटन गरेका छन ।

युनाईटेडले सेवा संचालनको २५ औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्राएको छ । फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अर्ब ७० करोड रुपैयाँ निक्षेप तथा ६ अर्ब १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत वोनस सेयर तथा ७ दशमलब ५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL