Logo

समस्याग्रस्त घोषणा भएको ५ वर्षपछि नेपाल फाइनान्स समस्याग्रस्त सूचीबाट हट्यो, कारोबार फुकुवा

समस्याग्रस्त घोषणा भएको ५ वर्षपछि नेपाल फाइनान्स समस्याग्रस्त सूचीबाट हट्यो, कारोबार फुकुवा



काठमाडौं । समस्याग्रस्त घोषणा भएको ५ वर्षपछि नेपाल फाइनान्स लिमिटेड समस्याग्रस्त सूचीबाट हटेको छ । नेपाल राष्ट्र बैंकको मंसिर २० गते बसेको संचालक समिति बैंठकले नेपाल फाइनान्सलाई समस्याग्रस्त संस्थाबाट फुकुवा गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले ‘ग’ वर्गको इजाजत पाएको नेपाल फाइनान्सलाइ विसं २०७१ मंसिर १८ गते समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको थियो । विसं २०७१ सालमा नेपाल फाइनान्सको खराब कर्जा ५४ प्रतिशत सम्म पुगेपछि त्यसलाई घटाउन राष्ट्र बैंकले ६ महिनाको समय दिएको थियो।

त्यस्तै तोकिएको चुक्ता पुँजी र पुँजीकोष अनुपात कायम राख्न भनेको थियो। विसं २०७१ सालमा उक्त कम्पनीको पुँजीकोष साढे ४ प्रतिशत ऋणात्मक थियो।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ‘ख’ बमोजिम निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने तथा जमानत लगायतका कारोबार गर्न नपाउने गरी समस्याग्रस्त वित्तीय संस्थाका रुपमा घोषणा गरेको थियो।

तर सुध्रन दिएको समयमा संस्थाले खराब कर्जा घटाउन नसकेपछि समस्याग्रस्त घोषणा गरिएको थियो। समस्याग्रस्त फुकुवा भएपछि संस्थाले शाखा विस्तार, कर्मचारी भर्ना, स्थिर सम्पत्ति खरिद तथा बिक्री जस्ता काम समेत सुरु गर्न पाउनेछ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This