Logo

विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकको थप कडाई, ३ हजार डलरभन्दा माथिको भुक्तानीमा नियामक निकायको सिफारिस अनिवार्य

विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकको थप कडाई, ३ हजार डलरभन्दा माथिको भुक्तानीमा नियामक निकायको सिफारिस अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा थप कडाई गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७४ मा संशोधन गर्दै विदेशी मुद्रा सटहीमा थप कडाई गरेको हो । नयाँ व्यवस्था अनुसार अबका दिनमा कुनै वस्तु तथा सामान आयात गर्दा वा बोनस वापतको रकम भुक्तानी गर्दा ३ हजार डलर भन्दा माथि अनिवार्य रुपमा नियामक नियामक निकायको स्वीकृति लिनुपर्ने छ । यस अघि कुनै कम्पनी वा फर्मले १० हजार डलरसम्मको भुक्तानी वा विदेशी मुद्रा सटहीका लागि सम्बन्धित बाणिज्य बैंकबाट सटही गर्न सक्ने व्यवस्था थियो ।

laxmi

अबका दिनमा ३ हजारदेखि १० हजार रुपैयाँसम्मको विदेशी मुद्रा सटही वा रकम भुक्तानीका लागि सम्बन्धित नियामक निकायबाट सिफारिस लिनुपर्ने नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभावका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए । ‘अबका दिनमा सम्बन्धित नियामक निकायको सिफारिसको आधारमा मात्र ३ हजारदेखि १० हजार डलरसम्मको सटही सुविधा दिईनेछ,’ उनले भने, ‘यदि कुनै क्षेत्रको नियामक निकाय छैन भने त्यस्तो अवस्थामा ३ हजारदेखि १० हजार डलरसम्मको सटही सुविधाका लागि पनि राष्ट्र बैंककै स्वीकृति लिनुपर्ने हुन्छ ।’

नियामक निकायको सिफारिसको आधारमा भने बाणिज्य बैंकले टीटी वा ड्राफ्टको माध्यमबाट बाणिज्य बैंकहरुले सटही सुविधा दिन सक्नेछन् । तर, १० हजार डलरभन्दा माथीको सहटी तथा भुक्तानी सुविधाको लागि भने राष्ट्र बैंककै सहमति लिनुपर्ने छ । यस अघि राष्ट्र बैंकले विदेशी मुद्रा सटहीलाई कडाई गर्दै विदेश भ्रमणमा जाने नेपाली पाउँदै आएको २५ सय डलर सुविधालाई १५ सय डलरमा झारेको थियो भने वैदेशिक रोजगारीमा जाने कामदारले पाउने ५ सय डलर सटही सुविधालाई २ सय डलरमा ल्याएको थियो ।

साथै राष्ट्र बैंकले टूर प्याकेजमा समेत कडाई गरेको छ । यस अघि टूर प्याकेज वापतको लागि १ हजार डलर र १५ सय डलर सुविधा पाउँदै आएकोमा उक्त व्यवस्था परिमार्जन गर्दै १५ सय डलर भित्रै टूर प्याकेज लिनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL