Logo

प्रोत्साहन सहितको बिग मर्जर : मर्जरमा जानेलाई दुई बर्षसम्म सीसीडी र स्प्रेडदरमा सहुलियत, चुक्ता पूँजी बढाउन बोनस सेयर

प्रोत्साहन सहितको बिग मर्जर : मर्जरमा जानेलाई दुई बर्षसम्म सीसीडी र स्प्रेडदरमा सहुलियत, चुक्ता पूँजी बढाउन बोनस सेयर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई थप प्रोत्साहन समित बिग मर्जरमा जान प्रेरित गर्ने भएको छ । बैंकहरुको संख्या घटाएर फोर्सफुल्ली बिग मर्जर गराउने तयारी गरेपनि अन्तिम समयमा थप प्रोत्साहन सहितको मर्जरमा जान प्रेरित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

laxmi

मौद्रिक नीतिले बिग मर्जरमा जाने बैंकहरुलाई थप ४/५ वटा सुविधा दिएर प्रोत्साह गरिने समेत जानकारी दिएको छ । विशेषगरी २०७७ सालभित्र बिग र्मरमा जानेलाई सीसीडी र स्प्रडदरमा छुट दिईने भएको छ । यसैगरी संस्थागत निक्षेपमा छुट, कुलिङ पिरियड, तथा कर लगायतका विषयमा छुट दिन लागिएको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

यसैगरी राष्ट्र बैंकले बैंकहरुको चुक्ता पूँजी वृद्धिका लागि नगद लाभांशलाई कडाई गर्दै बोनस सेयरलाई प्राथमिकता दिने भएको छ । बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण गर्न दिएपनि सकभर नगद लाभांशलाई रोक लगाएर बोनस सेयर मात्र वितरण गर्न दिईने भएको छ ।

जस अनुसार कुल बोनस वितरणको ८० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्न दिईने भएको छ । मौद्रिक नीतिमार्फत बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्याउने विषयमा छलफल भएपनि तत्कालका लागि प्रोत्साहन सहितको बिग मर्जरलाई प्राथमिकता दिइएको उक्त स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL