Logo

व्यवसायीको व्यालेन्ससिटको आधारमा राहतको प्याजेक ल्याउँदै राष्ट्र बैंक, ५ करोडमाथि कर्जा लिनेको विवरण दिन निर्देशन

व्यवसायीको व्यालेन्ससिटको आधारमा राहतको प्याजेक ल्याउँदै राष्ट्र बैंक, ५ करोडमाथि कर्जा लिनेको विवरण दिन निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँभन्दा माथि कर्जा लिने ग्राहकहरुको विवरण पेश गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । पछिल्लो समय लकडाउनका कारण आर्थिक राहत माग गर्ने उद्योगी व्यवसायीको लर्को बढेसँगै राष्ट्र बैंकले कुल ५ करोड रुपैयाँभन्दा माथि कर्जा लिने ग्राहको विवरण बुझाउन निर्देशन दिएको हो ।

laxmi

‘पछिल्लो समय लकडाउनका कारण समस्या पर्यो भन्दै सबै उद्योगी व्यवसायी एकमुष्ठ रुपमा राहतका आर्थिक प्याकेज ल्याउन माग राख्न आउने क्रम बढेको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भने’ ‘हामीले सबैलाई होलसेलमा भन्दा कोरोना र लकडाउनका कारण कसलाई बढी असर गरेरको छ सम्बन्धित उद्योगी व्यवसायीको वित्तीय विवरण अध्ययन गरेर राहतका प्याकेज ल्याउन ५ करोडभन्दा माथि कर्जा लिने ग्राहकको विवरण पेश गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका हौं ।’

विशेषगरी कुन क्षेत्रभन्दा पनि कुन उद्योगी व्यवसायीलाई लकडाउनले असर गरेको सोही आधारमा राहत उपलब्ध गराईने समेत शिवाकोटीले जानकारी दिए । लकडाउनका कारण होटल, पर्यटन, सिनेमाजस्ता उद्योग ठप्प भएपनि कतिपय उद्योगी व्यवसायीले आफ्नो व्यवसाय संचालन गर्दै आएका छन् । ‘हामीले ५ करोडभन्दा मार्थि कर्जा लिने सबै उद्योगी व्यवसायीको विवरण मगाएर उनीहरुले गत बर्ष कति कारोबार तथा आम्दानी गरेका थिए, चालू आर्थिक बर्षमा लकडाउन हुनुभन्दा अघि कस्तो कारोबार गरेका थिए र लकडाउनले कस्तो असर पारेको छ विस्तृत रुपमा अध्ययन गर्ने छौं,’ उनले भने, ‘त्यसरी अध्ययन गर्दा उद्योगी व्यवसायीलाई लकडाउनले गर्दा असर गरेको रैछ भने मात्र राहत उपलब्ध गराउने छौं ।’ साथै राहत माग्दैमा सबैलाई होलसेलमा राहत उपलब्ध नगराउने समेत उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले कुल ५ करोड वा सो भन्दा बढी कर्जा लिने ग्राहक विवरण यहिँ जेठ १५ गतेभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । विशेषगरी ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ग्राहकको वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL