Logo

ज्योति विकास बैंकको रेमिट भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त, पाइनेछ यस्तो सुविधा

ज्योति विकास बैंकको रेमिट भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त, पाइनेछ यस्तो सुविधा



काठमाडौं । ज्योति विकास बैंक र जीएमई रेमिटबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकले ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिटलाई नियुक्त गरेको छ ।

रेमिट सेवालाई ग्राहकवर्गको लागि अझ सहज बनाउने उद्देश्यले बैंकले जीएमईलाई नियुक्त गरेको हो । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा जीएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत प्रमोद सिंह बस्नेतले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि ज्योति रेमिटबाट पठाइएको रकम जीएमईका सम्पूर्ण एजेन्ट तथा प्रतिनिधिबाट प्राप्त गर्न सक्नेछन । बैंकले १०२ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ४३ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL