Logo

ज्योति विकास बैंक र टिच फर नेपालबीच सहकार्य, टिच फर नेपाललाई आर्थिक सहयोग

ज्योति विकास बैंक र टिच फर नेपालबीच सहकार्य, टिच फर नेपाललाई आर्थिक सहयोग



काठमाडौं । ज्योति विकास बैंकले टिच फर नेपालसँग सहकार्य गर्ने भएको छ । बैंकले नेपालसँग सोमबार ५ लाख रुपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको हो ।

laxmi

बैंकले समाजिक उत्तर दायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत टिच फर नेपालसँग सहकार्य गर्ने भएको हो । उक्त सहकार्य अन्तरगत नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गरेको हो ।

आर्थिक सहयोगको साथै बैंकले टिच फर नेपालको सहयोगमा आफ्नो दक्ष कर्मचारीहरुलाई ती विद्यालयहरुमा स्वयंसेवकका रुपमा समेत पठाउने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

टिच फर नेपालले हाल विभिन्न ६ जिल्लाका ६५ विद्यालयहरुमा ३ सय भन्दा बढी स्वयंसेवक शिक्षकहरु पठाई ३० हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान, गणित, अंग्रेजीलगायतका विषयहरु पढाउँदै आईरहेको छ । बैंकले १०२ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ४३ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL