Logo

अर्थमन्त्रीको फोर्स मर्जर संकेत, भन्छन्–अन्तिममा हात थाप्न आउनुभयो भने साथ दिन सकिँदैन

अर्थमन्त्रीको फोर्स मर्जर संकेत, भन्छन्–अन्तिममा हात थाप्न आउनुभयो भने साथ दिन सकिँदैन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुलाई फोर्स मर्जरमा लैजाने संकेत गरेका छन् । बैंक मर्जरको परिस्थिति बारे जानकारी दिँदै उनले सरकारले ल्याएको नीति अनुरुप मर्जरमा गएर बलियो हुन निर्देशन दिएका हुन् ।

laxmi

‘अहिले एउटै परिवारले आफ्नो छोराछोरीको नाम तथा श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेद गरेर धेरै बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै आएका छन्,’ उनले भने, ‘लगानीकर्ताहरुले यसरी धेरै संस्थामा विभिन्न नाममा लगानी गर्नुभन्दा जोखिम न्यूनिकरण गर्न सरकारको नीति अनुरुप मर्जर तथा एक्विजिशनमा जानुपर्छ ।’ परिवारका सदस्यहरुले कागजीरुपमा छिन्न भिन्न भएर धेरै बैंक तथा वित्तीय संस्थामा लगानी गरेपनि ‘फ्यामिली ट्री’ अनुसार एउटै सर्कलमा देखिने उनको भनाई थियो ।

अबका दिनमा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा लगानी भएका लगानीकर्तालाई स्वतःस्फुर्तरुपमा सरकारको नीति अनुरुप मर्जरमा आउन उनले आग्रह गरे । यदि अनुरोधलाई पालना नगर्दा वा मर्जर एक्विजिशनको मर्मलाई पालना नगर्दा समस्या आएमा त्यस्तो समयमा सरकारले चाहेर पनि उद्धार गर्न नसक्ने उनको भनाई थियो ।

बैंक भनेको लहड र घमण्डले नचल्ने भन्दै मर्जरमा गएर बलियो भएर अघि बढ्न पनि उनले आग्रह गरे । अहिले सरकारले ल्याएको मर्जर नीतिले घमण्ड र लहडमा बैंक खोल्ने संचालकहरुलाई सुरक्षित अवतरण गर्ने अवसर भएको समेत उनले जानकारी दिए । साथै ठूलो पूँजी भएको बैंक बनाएर अघि बढ्दा प्रतिस्पर्धा गर्न तथा जोखिम बहन गर्ने क्षमतामा समेत वृद्धि हुनेभन्दै सोही अनुरुप मर्जरमा जानुपर्ने खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL