Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै एनआईसी एशिया, एकै दिन ३ नयाँ शाखा विस्तार

शाखा विस्तारमा एग्रेशिभ हुँदै एनआईसी एशिया, एकै दिन ३ नयाँ शाखा विस्तार



काठमाडौं । एनआईसी एशिया बैंकले एकै दिन ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै मोरङ र विराटनगरमा उक्त शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

बैंकले बुधबार मोरङ जिल्ला, विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन गरेको हो । उक्त २ शाखा कार्यालयको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका हुन ।

यस्तै विराटनगर हाटखोलास्थित हाटखोला शाखाको उद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भजेलले गरेका हुन । यी शाखा विस्तारसँगै बैंकका आदरणीय ग्राहक महानुभावहरुले आफूलाई पायक पर्ने शाखाबाट बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL