Logo

एक बर्षमा बाणिज्य बैंकहरुको नाफा ६५ अर्ब, २५ बैंकले कमाउँदा ३ बैंकले गुमाए (सूचिसहित)

एक बर्षमा बाणिज्य बैंकहरुको नाफा ६५ अर्ब, २५ बैंकले कमाउँदा ३ बैंकले गुमाए (सूचिसहित)



काठमाडौं । बाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७५/७६ मा ६४ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा २४ दशमलव १६ प्रतिशतले बढि हो । अघिल्ल्लो आबमा २८ वटा बाणिज्य बैंकहरुले कुल ५२ अर्ब ३४ करोड रुपैयाँ खुद मुनाफा गरेका थिए ।

गत आबमा बाणिज्य बैंकहरुको नाफा समग्रमा २४ प्रतिशतले बढ्दा ३ वटा बैंकको भने घट्न पुगेको छ । सो अबधिमा इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक र सेञ्चुरी कमर्सियल बैंकको नाफा घट्न पुगेको हो । सो बाहेक अधिकांश बैंकको नाफामा भने उल्लेख्य वृद्धि भएको सम्बन्धित बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ ।

सो अबधिमा अंकको आधारमा सबैभन्दा बढि नाफा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले गत आबमा आफ्नो नाफामा ४५ दशमलव ६१ प्रतिशतले सुधार गर्दै कुल ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

तर, प्रतिशतको आधारमा भने एनआईसी एसिया बैंकले सबैभन्दा बढि मुनाफा आर्जन गरेको छ । आजै (शुक्रबार) मात्रै वित्तीय विवरण सार्वजनिक गरेको एनआईसी एसिया बैंकले आफ्नो नाफामा १२९ प्रतिशतले सुधार गर्दै ३ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL