Logo

बाणिज्य बैंकले विदेशबाट प्राथमिक पूँजीको ५० प्रतिशत ऋण ल्याउन पाउने, यस्ता छन् सर्तहरु

बाणिज्य बैंकले विदेशबाट प्राथमिक पूँजीको ५० प्रतिशत ऋण ल्याउन पाउने, यस्ता छन् सर्तहरु



काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने सिमा बढाएको छ ।

यस अघि बाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत रकम मात्र ऋण लिन पाउने व्यवस्था गरेकोमा त्यसलाई संसोधन गर्दै ५० प्रतिशत पुर्याएको हो ।

देशमा लगानी योग्य पूँजी भित्र्याउनका लागि राष्ट्र बैंकले क बर्गका बैंक विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याएर परिचालन गर्न सक्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुरुप हालसम्म एनएमबी बैंकले मात्र ऋण ल्याएको छ ।

बजारमा क्रेडिट क्रञ्चको अवस्था आएको समयमा बाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउन पाउने सिमा बढाउँदा उक्त समस्या समाधान गर्न सहज हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

तर, त्यसरी ल्याएको ऋण नविकरणीय ऊर्जा उत्पादन, प्रशारण लाईन, सुरुङमार्ग, विमानस्थल, केवलकार, पुल, पर्यटन, कृषि तथा लघुवित्तजस्ता क्षेत्रमा लगानी गर्न पाईने छ । तर, त्यसरी ल्याईएको ऋण रियलस्टेटजस्ता क्षेत्रमा भने लगानी गर्न पाईने छैन । साथै त्यसरी भित्र्याइएको रकमबाट अन्तर बैंक कारोबार समेत गर्न नपाईने भएको छ ।

अबका दिनमा बाणिज्य बैंकहरुले न्युनतम १ देखि ५ बर्ष सम्मका लागि त्यस्ता कर्जा ल्याउन पाउनेछन् । उक्त कर्जा लिनका लागि राष्ट्र बैंकले तोकेको पूँजी कोष भई सम्बन्धित बैंकको संचालक समितिबाट निर्णय गराउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL