Logo

विदेशबाट ऋण ल्याउने विषयमा राष्ट्र बैंक र बैंकरबीच जुहारी, राष्ट्र बैंक भन्छ बैंकले काम गर्न सकेनन्

विदेशबाट ऋण ल्याउने विषयमा राष्ट्र बैंक र बैंकरबीच जुहारी, राष्ट्र बैंक भन्छ बैंकले काम गर्न सकेनन्



काठमाडौं । बजारमा क्रेडिट क्रञ्चको समस्या बढ्दै जाँदा नियाकमीय निकाय नेपाल राष्ट्र बैंक र बैंकहरुबीच आरोपप्रत्यारोप सुरु भएको छ । दशैं लगत्तै बैंकहरुले लगानी गर्न छाडेपछि बजारमा क्रेडिट क्रञ्चको अवस्था देखिएको हो ।

दशैं अधि बैंकहरुले न्युन निक्षेप संकलन गरी उच्च रुपमा कर्जा प्रवाह गर्दा बजारमा पछिल्लो समय क्रेडिट क्रञ्चको अवस्था देखिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा बैंकहरु ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १२४ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।
पछिल्लो समय देशमा लगानी योग्य पूँजी भित्र्याउन राष्ट्र बैंकले नीतिगत रुपमा काम गरेपनि बैंकहरुले त्यसलाई कार्यान्वयनमा नल्याउँदा समस्या आएको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए । ‘बैंकहरुले विदेशी बैंक तथा संस्थासँग कर्जा ल्याउछौं भनेर प्रस्ताव ल्याए सोही अनुसार राष्ट्र बैंकले प्राथमिक पूँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाउने व्यवस्था गर्यो,’ उनले भने, ‘तर, आजसम्म एउटा बैंक बाहेक अरुले ल्याउन सकेनन् ।’

त्यसैगरी राष्ट्र बैंकले बैंकहरुलाई भारतीय रुपैयाँमा पनि ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो । ‘भारतीय रुपैयाँमा कर्जा ल्याउन पाउने व्यवस्था गरिदिए तत्कालै ठूलो मात्रामा ऋण ल्याउन सकिन्छ जसरी बैंकहरु राष्ट्र बैंकमा धाए,’ उनले भने, ‘उनीहरुकै माग अनुरुप हामीले सो व्यवस्था पनि गरिदियौं तर हालसम्म ल्याउन सकेनन् ।’ बैंकरहरुले माग बढी गर्ने तर सो अनुरुप काम गर्न नसकेको उनको तर्क थियो ।

तर बैंकरहरुले भने राष्ट्र बैंकको कानुनी जतिलताकै कारण विदेशी बैंक तथा संघसंस्थासँग ऋण ल्याउन नसकिएको बताउँदै आएका छन् । विदेशी बैंक तथा संस्थाबाट ऋण ल्याउने सम्बन्धमा राष्ट्र बैंकले अप्ठ्यारो नीति बनाएका कारण ऋण ल्याउन नसकिएको नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष तथा एनवी बैंक बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले बताए । ‘राष्ट्र बैंकले विदेशी बैंक तथा अन्य संस्थासँग ऋण ल्याउन कानुनी रुपमा बाटो खुला गरिदिएको त छ तर ल्याउने बाटोमा भने भाँझो हालिएको छ,’ उनले भने ।

राष्ट्र बैंकले विना धितो विदेशी बैंक तथा संघसंस्थाबाट ऋण ल्याउनुपर्ने व्यवस्था गरेको छ । तर, विनाधितो ऋण ल्याउन नसकिने उनको तर्क थियो । ‘विदेशीले नेपाली बैंकलाई विना धितो ऋण दिनुपर्ने कुनै आधार छैन,’ उनले भने, ‘यस्तो अवस्थामा धितो राख्न नदिएपछि कसरी ल्याउन सकिन्छ ऋण ?’

यसैगरी भारतीय मुद्रामा पनि तत्काल ऋण ल्याउन नसकिने ढुङ्गानाले जानकारी दिए । अहिलेको अवस्थामा भारतबाट एभरेष्ट र एसवीआई बैंक बाहेक अरुले तत्काल ऋण ल्याउन नसक्ने समेत उनको भनाई थियो । ‘भारतबाट ऋण ल्याउनका लागि पनि भारतीय रिजर्भ बैंकको सहमती चाहिन्छ,’ उनले भने, ‘राष्ट्र बैंकले खुला गरेपनि भारतीय पक्षबाट कानुनी जतिलता भएका कारण ल्याउन कठिन छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL