Logo

मर्जरको लाईनमा विकास बैंक र फाइनान्स कम्पनी, वाणिज्य बैंकसँग मर्जर गर्न दौडधुप

मर्जरको लाईनमा विकास बैंक र फाइनान्स कम्पनी, वाणिज्य बैंकसँग मर्जर गर्न दौडधुप



काठमाडौं । पछिल्लो समय विकास बैंक र फाइनान्स कम्पनीहरु मर्जरको लागि ‘क’ बर्गका बाणिज्य बैंकहरुसँग लविङ सुरु गरेका छन् । नेपाल राष्ट्र बैंकको नीति अनरुप विकास बैंक तथा फाइनान्स कम्पनीहरुले हकप्रद र बोनस सेयर जारी गरेर चुक्ता पूँजी पुर्याएपनि कार्यक्षेत्र सानो हुँदा संचालनमै कठिनाई भएपछि मर्जरमा जानु परेको एक विकास बैंकका संचालकले भने ।

विशेषगरी १ जिल्ला र ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र फाइनान्स कम्पनीहरु क बर्गका बाणिज्य बैंकसँग मर्ज गर्नका लागि गृहकार्य सुरु गरेका हुन् । नेपाल राष्ट्र बैंकले २०७४ असार भित्र राष्ट्रिय स्तरका विकास बैंकको २ अर्ब ५० करोड रुपैयाँ, ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँ, १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकको ५० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । यस्तै राष्ट्रिय स्तरका फाइनान्स कम्पनीको ८० करोड रुपैयाँ, ४ देखि १० जिल्ला कार्य क्षेत्र फाइनान्स कम्पनीको चुक्ता पूँजी ४० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।

तर, ५०÷६० करोड चुक्ता पूँजी भएका १ जिल्लो र ३ जिल्लो विकास बैंक फाइनान्स कम्पनीहरु मर्जरमा जानका लागि लाईन लागेका हुन् । हाल राष्ट्रिय स्तरका बाहेक प्रायःजसो विकास बैंकले मर्जरमा जानका लागि छलफल तथा गृहकार्य सुरु गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘तत्कालिन समयमा हकप्रद र बोसनबाट चुक्ता पूँजी पुर्याएका विकास बैंक र फाइनान्स कम्पनीहरु अहिले मर्जरमा जान दैनिकजसो छलफल गरिहेका छन्,’ उक्त स्रोतले भन्यो, ‘धेरैजसो विकास बैंक र फाइनान्स कम्पनीले क बर्गका बाणिज्य बैंकसँग मर्जरमा जान छलफल सुरु गरेका छन् ।’

तत्कालिन सयममा आफैले हकप्रद हालेर पूँजी वृद्धि गरेपनि अहिले संचालनमा कठिनाई भएकाले मर्जरमा जानुको विकल्प नभएको एक फाइनान्सका संचालकले जानकारी दिए । ‘अहिले बाणिज्य बैंकसँग कर्मरमा जानका लागि छलफल चलाएका छौं,’ उनले भने, ‘केही समयभित्रै मर्जरको टुङ्गो लगाउनेछौं ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL