Logo

ग्लोबल आईएमई र लाइफ इन्सुरेन्स बीच सम्झौता, ग्लोबलका शाखाबाट लाइफ इन्सुरेन्सको जीवन बीमा पोलिसि

ग्लोबल आईएमई र लाइफ इन्सुरेन्स बीच सम्झौता, ग्लोबलका शाखाबाट लाइफ इन्सुरेन्सको जीवन बीमा पोलिसि



काठमाडौं । ग्लोबल आईएमई बैंक र लाइफ इन्सुरेन्स कर्पोरेसन बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

मंगलबार एक कार्यक्रमका बीच ग्लोबल आईएमई बैंकका प्र्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सो सम्झौतापश्चात ग्लोबल आईएमई का सम्पूर्ण शाखाहरु बाट लाइफ इन्सुरेन्सको जीवन बीमा, बीमालेखहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ ।

ग्लोबल आईएमई बैंकले हाल मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL