Logo

चोरबाटोबाट ब्याज बढाउँदै बैंक, नविलले मुद्दतीमा दियो १२ दशमलव ३६ प्रतिशत

चोरबाटोबाट ब्याज बढाउँदै बैंक, नविलले मुद्दतीमा दियो १२ दशमलव ३६ प्रतिशत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंकहरुले निक्षेप टिकाउन नसकेपछि घुमाउरो (चोरबाटो) तरिकाबाट ब्याजदर बृद्धि गर्न गर्न थालेका छन् । केही समयअघि बैंकहरुले साधारण निक्षेपमा ८ र मुद्दती निक्षेपमा ११ प्रतिशत व्याजदर दिने सहमति गरेका  थिए ।

तर, अहिले बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले मुद्दती निक्षेमा सामान्य बढाएर ११ दशमलव १५ प्रतिशत पुर्याएको छ । बैंकर्स संघले परिपक्क भएका निक्षेप टिकाउनका लागि शुन्य दशमलव १५ प्रतिशत थप ब्याजद दिएर कबुल गर्न पाइने व्यवस्था गरेको छ ।

यसैगरी नविल बैंकले आजैमात्र सुचना प्रकाशित गरी घुमाउरो बाटोबाट ब्याजदर बढाएको छ । नविलले १ बर्षे र २ बर्षे मुद्दतीमा अग्रीम रुपमा ब्याज भुक्तानी दिई उक्त ब्याजलाई खातामै जम्मा गरिदिने व्यवस्था गरेको छ । तर, त्यसरी अग्रीम रुपमा दिँदा उक्त ब्याज पनि रकम पनि मुद्दतीमा राख्न पाइने छ । जसले गर्दा उसको बार्षिक ब्याजदर १२ दशमलव ३६ प्रतिशत पुग्नेछ ।

यसअघि बैंकहरुले मुद्दती निक्षेपको समय अनुसार बचत परिपक्क भएपछि मात्र ब्याज दिँदै आएका थिए । तर, बैंकहरु निक्षेप टिकाउन नसेपछि चोरबाटोबाट ब्याजदर बृद्धि गर्न थालेका हुन् ।

त्यसरी अग्रीम रुपमा दिइएको ब्याज पुनः मुद्दती निक्षेपमा राख्ने पाउने र जसले गर्दा बैंकले बार्षिक रुपमा हिसाव गर्दा झण्ड्रै साढे १२ प्रतिशत ब्याज भुक्तानी गर्नु पर्ने एक बाणिज्य बैंकका उच्च अधिकारीले बताए । ‘यो बैंकर्स संघको नियमलाई छल्नका लागि ल्याइएको चोरबाटो हो,’ उनले भने, ‘१ बर्षको ब्याज पहिला नै दिईनु भनेको अन्तत त्यो ब्याजदर बृद्धि नै हो ।’

केही समय अघि एनआईसी एसियाले बैंकले निक्षेपमा ब्याजदर गरेको भन्दै बैंकर्स संघले नाकाबन्दी गरेको थियो । त्यतिवेला बैंकर्स संघले एनआईसीमा सिस्टेमिक रिक्स आएको भन्दै अन्तरबैंक कारोबार नै बन्द गरेको थिए । तर, पछि राष्ट्र बैंकको मध्यस्थततामा एनआइसीले ब्याजदर घटाउने सहमति गरेसँगै अन्तरबैंक कारोबार खुला गरेको थियो ।

तर, नविल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल शाह भने आफुहरुलेसाना तथा मझौता उद्योगमा लगानीका लागि पूँजी जुटाउन अग्रीम ब्याज भुक्तानीमा मुद्दती बचत योजना ल्याएको बताएका छन् । ‘हामीले बैंकको सीसीडी मेन्टेन गर्न अग्रीम ब्याज भुक्तानीमा निक्षेप उठाएका होइनौं हाम्रो सीसीडी अहिले पनि ७५ प्रतिशत छ,’ उनले भने, ‘हामीले लगानी जुटाउनका लागि नयाँ उपाय अपनाएका हौं ।’ यस अग्रीम रुपमा ब्याज भुक्तानी गर्दा निक्षेपकर्ताले साढे १२ प्रतिशतका हाराहारीमा ब्याज पाउछन् । यो निक्षेपकर्ताको लागि सुनौलो अबसर भएको समेत शाहले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL