Logo

बुधबारदेखि काठमाडौंमा जुम्लाको स्याउ, एप्पल गार्डेनको नाममा बिक्री हुँदै

बुधबारदेखि काठमाडौंमा जुम्लाको स्याउ, एप्पल गार्डेनको नाममा बिक्री हुँदै



काठमाडौं । बुधबार बाट काठमाडैंमा जुम्ली स्याउ उपलब्ध हुने भएको छ । गत बर्ष केहि अघि नै काठमाडौं भित्रिएको जुम्लाको अग्र्यानिक स्याउ यो बर्ष भने बुधबार बाट मात्रै उपलब्ध हुने भएको हो ।

विगत ६ बर्षदेखि काठमाडौंमा एप्पल गार्डेनको नामबाट बेचिँदै आएको जुम्लाको अग्र्यानिक स्याउ यसपटक भने अलि पछी रुखबाट टिपीएकोले काठमाडौंमा ढिलो आईपुगेको हो ।

नेपाली बजारमा भारतीय तथा चिनियाँ स्याउले बजार लिइरहेको बेला नेपालमै उत्पादित स्याउले केहिमात्रामा बजारको हिस्सा ओगट्ने कृषकहरुको विश्वास छ । विगत ६ बर्षदेखि जुम्लाको स्याउ राजधानीमा एप्पल गार्डेनको नामबाट आउने गरेको छ । उक्त जुम्ली स्याउ विदेशी स्याउभन्दा सस्तो तथा स्वास्थ्यवर्धक हुने देखिन्छ ।

जुम्ला जिल्ला कृषि कार्यालयले बाटोमा खान योग्य नहँुदासम्म स्याउ नटिप्न आदेश दिएपछि स्याउलाई रुखमै पाकेपछि मात्रै टिपेको स्थानीय कृषक दलबहादुर खड्काले जानकारी दिए । उनका अनुसार यसरी रुखमै पाक्नेगरी टिपेको स्याउ अरु स्याउको तुलनामा स्वादिलो हुने गर्दछ ।

त्यस्तै अर्का स्थानीय कृषक दिनेश खड्काका अनुसार जुम्लाको स्याउ काठमाडौंसम्म ल्याउन बाटोघाटोको सुविधा नभएर भनेजती नाफा नहुने भएपनि स्याउको बजार प्रवद्र्धन गर्नका लागि राजधानीमा स्याउ ल्याउने गरिएको हो ।

प्रतिकिलो ६० देखि ७० रुपैयाँसम्म पर्ने उक्त अग्र्यानिक स्याउ काठमाडौंसम्म आईपुग्दा भनेजती फाईदा नहुने भएपनि काठमाडौंबासीको चाहनालाई ध्यानमा राख्दै स्याउ ल्याएको कृषक खड्काले जानकारी दिए । उनका अनुसार विगतका बर्षमा निरन्तर ल्याउने गरेकाले यसबर्ष पनि सबैको चाहना अनुरुप काठमाडौंमा धेरै दुख झेलेर ल्याईएको हो ।

‘यस पटक पनि बाटोको समस्या उस्तै छ । तर तुलनात्मक रुपमा कम पानि परेकाले बाटोमानै रोकिनु नपर्दा स्याउ समयमानै काठमाडौं आइपुगेको हो । पहिला २–३ दिन सम्म बाटोमा फस्नु पथ्र्यो ।’ तर अहिले तुलनात्मक रुपमा सहज भएको छ ।’, उनले भने ।

उनि काठमाडौैंमा जुम्लाको स्याउसँगै जुम्ली सीमी तथा ओखर पनि उपलब्ध रहेको बताउँछन । उक्त जुम्ली स्याउ काठमाडौं, बानेश्वरको अल ईन वान मार्टमा उपलब्ध हुने पनि उनले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL