Logo

कोरोना नियन्त्रणमा सहकारी क्षेत्रको योगदान, राष्ट्रिय सहकारी बैंकले तथ्यांक संकलन गर्ने

कोरोना नियन्त्रणमा सहकारी क्षेत्रको योगदान, राष्ट्रिय सहकारी बैंकले तथ्यांक संकलन गर्ने



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा देशभरका सहकारीहरुले गरेको योगदानको तथ्यांक संकलन गर्न थालेको छ । विश्वमा देखिएको कोरोना (कोभिड–१९) का बारेमा सहकारी क्षेत्रले सचेतना अभिवृद्धि गर्न लगायत नियन्त्रण, रोकथाम र उपचारमा गरेको योगदानको एकमुष्ट अभिलेखका लागि तथ्यांक संकलन अभियान थालिएको बैंकले जनाएको छ ।

सहकारी क्षेत्रले हरेक संकटमा योगदान गरेका छन, तर तिनको एकमुष्ट तथ्यांक नभएका कारण सहकारीको एकमुष्ट योगदान देखिएको छैन, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भने–यस पटक हामीले सबै प्रकृतिका सहकारीले गरेको योगदानको एकमुष्ट तथ्यांक सार्वजनिक गर्र्दैछौ । बैंकले आफ्ना ४४ वटै शाखामार्फत तथ्यांक संकलन गर्न निर्देशन जारी गरी सकेको छ । बैंकका सञ्चालकहरु, उपसमिति, कर्मचारी लगायत सहकारीकर्मीहरुलाई तथ्यांक संकलनमा सहयोग गर्न आव्हान गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

कोरोनाका कारण उत्पन्न संकटका बीच पनि स्वास्थ्य, कृषि, उपभोक्ता, दुध, सञ्चार, फोहोर व्यवस्थापन, वचत तथा ऋण लगायतका सहकारीहरुले राम्रो सहयोग र समन्वय गरेका छन्, तिनको तथ्यांक संकलन गर्न तथा थप योगदानका लागि प्रेरित गर्ने उद्देश्यले तथ्यांक संकलन अभियान थालिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । बैंकका सञ्चालक र कर्मचारीहरुले कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउन लगत्तैबाट तथ्यांक संकलन गर्न थालेको र हाल आएर सफ्टवेयर मार्फत सबै सहकारीकर्मीहरुले जानकारी गराउन सक्ने गरी अगाडि बढेको गुरागाईले बताए । सहकारीहरुले नै कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि गरेको योगदानको बारेमा जानकारी दिनका लागि अनलाइन फाराम जततउकस्ररलअद।िअययउरअययउबनबष्लकतअयचयलब तयार गरेको छ । यो पेजमा गएर आफ्नो संस्थाले गरेको योगदानको बारेमा सबै सहकारीेले जानकारी गराउन सकिने बैंकले जनाएको छ । यो संगै सहकारी क्षेत्रको पछिल्लो आर्थिक तथा अन्य गतिविधि समेत जानकारी हुने जनाइएको छ ।

कोरोना संक्रमणका बारेमा सहकारीहरुले सबै भन्दा बढी सचेतनाका क्षेत्रमा काम गरेका छन्, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले भन्नुभयो–सचेतनासंगै देशभरका सहकारीले अहिलेसम्म ३ करोड ५० लाख भन्दा बढी तीन वटै तहका सरकारले सञ्चालन गरेका कोरोना नियन्त्रण, रोकथाम र उपचार कोषमा आर्थिक सहयोग गरिसकेका छन् । सहयोग गर्ने क्रम जारी छ, सहकारीहरुले कहाँ कसलाई कति सहयोग गरे, कहाँ कसरी समन्वय गरे भन्ने अभिलेख राख्नका लागि बैंकले यो अभियान शुरु गरेको हो, जिसीको भनाइ छ ।
सहकारीका सदस्यले उत्पादन गरेको कृषि उपज र दुग्ध जन्य पदार्थ संकलन गरी टोल टोलमा लगेर विक्री वितरण गर्ने, स्वास्थ्य संस्थामार्फत आम समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने, स्वास्थ्यलाई समस्या पार्ने फोहोर संकलन गरी व्यवस्थापन गर्ने, सञ्चारमाध्यममार्फत सचेतना तथा सहयोग अभियानलाई प्रभावकारी बनाउने, वित्तीय सेवा लगायतका काम सहकारीले गर्दै आइरहेका छन् । सहकारीको व्यवसाय प्रवद्र्धनका लागि पनि तथ्यांक सहयोगी हुने भएकाले कोरोना संक्रमणको समस्याका कारण सरकारले लकडाउन आव्हान गर्दासाथ बैंकका तर्फबाट चैत १० गते ११ लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरिएको र लकडाउन लगत्तैबाट तथ्यांक संकलन गर्न थालिएको सञ्चालक जिसीले बताए ।

देशभरका सहकारीहरुको एकमात्र बैंकका रुपमा रहेको राष्ट्रिय सहकारी बैंकमा ७७ जिल्लाका १२ हजार भन्दा बढी सहकारीहरु सदस्य छन् । ४४ वटा शाखामार्फत सहकारी संघ संस्थाहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको बैंकमा चैत मसान्तसम्म २ अर्र्ब भन्दा बढी शेयर रकम, २९ अर्ब ३७ करोड निक्षेप, २१ अर्ब ९७ करोड कर्जा लगानी रहेको छ । बैंकले आफ्ना सदस्यहरुलाई पर्न सक्ने जोखिम व्यवस्थापनका लागि योजना तर्जुमा गरेको र कुनै पनि सहकारीलाई वित्तीय समस्या पर्न नदिने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL