Logo

केडिया ग्रूपको कृषि उत्पादन युरोपेली बजारमा, बजारिकरणका लागि खाद्य बैंकसँग सम्झौता

केडिया ग्रूपको कृषि उत्पादन युरोपेली बजारमा, बजारिकरणका लागि खाद्य बैंकसँग सम्झौता



काठमाडौं । केडिया ग्रूपले आफ्ना कृषि उत्पादनहरुलाई युरोपेली बजारमा निकासी गर्ने भएको छ । केडिया ग्रूपले नेपाल खाद्य बैंक लिमिटेडमार्फत आफ्ना कृषि उत्पादनहरु युरोपेली निर्यात गर्न लागेको हो ।


उक्त सम्झौतामा खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठ र केडिया ग्रूप अन्तरगतको माउण्ट एभरेष्ट बोटानिकल्स प्रालिका अध्यक्ष आश्विन केडियाले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा बिमल केडिया, प्रसिम शाक्य, गणेश गिरिलगायको सहभागिता रहेको थियो ।


सम्झौतासँगै माउण्ट एभरेष्टका उत्पाद नेपाली जडिबुटी, मसला र अर्गानिक उपजहरुको लागि युरोपेली बजारमा खाद्य बैंकले बजारिकरण गर्नेछ । उक्त सम्झौतासँगै नेपाली कृषि उत्पादनलाई विश्व बजारमा पुर्याउन सहज हुनुका साथै त्यसले सम्पूर्ण सरोकारवालाको हित हुने खाद्य बैंकका अध्यक्ष श्रेष्ठले बताए ।


नेपाल खाद्य बैंक लिमिटेडले युरोपेली युनियन राष्ट्रहरुमा बजार पहिचान ,बजार निर्माण र खरिदबिक्री निर्माण सम्बन्ध ब्यबस्थापन गर्ने जिम्मेवारी सम्झौतामा उल्लेख छ । यसैगरी एभरेष्टले भने उत्पादन, सप्लाई, प्रमाणीकरण, संकलन गर्नेछ । त्यसरी निर्यात गर्ने बस्तुको मूल्य दुबैं संस्थाको आन्तरिक सहमतिमा तोकिने भएको छ । उक्त सम्झौताले दुबै संस्थाको फाईदा मात्रै नभएर नेपाल र नेपाली युवाहरूलाई रोजगारी सृजना ,वैदेशिक मुद्राआर्जन गरी देशको आर्थिक विकाशमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL