Logo

कृषिमा निजी क्षेत्रको आकर्षण घट्यो, ८ महिनामा १४ उद्योग मात्र दर्ता

कृषिमा निजी क्षेत्रको आकर्षण घट्यो, ८ महिनामा १४ उद्योग मात्र दर्ता



काठमाडौं । पछिल्लो समय नेपालको कृषि क्षेत्रमा लगानी गर्ने क्रम ओरालो लागेको छ । सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकता दिएपनि निजी क्षेत्रको आकर्षण भने घट्दो रहेको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक बर्षको ८ महिनामा कृषि क्षेत्रका १४ वटा मात्र ठूला उद्योगमा लगानीको प्रतिवद्धता आएको छ । पछिल्लो समय जलविद्युत, पर्यटन तथा व्यापार क्षेत्रमा व्यवसायीहरुको चासो बढेपनि कृषि क्षेत्रमा भने खस्किदो अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।

८ महिनामा १ अर्ब ३७ करोड रुपैयाँ लगानीमा १४ ओटा कृषि सम्बन्धी उद्योग दर्ता भएको विभागले जानकारी दिएको छ । विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार कृषि सम्बन्धी दर्ता भएका १४ उद्योगहरुले ४ सय ४ जनाका लागि रोजगार सिर्जना गर्नेछन ।

सो अबधिमा बार्षिक ९ लाख कुखुराका चल्ला उत्पादन गराउने उद्देश्यले साउन महिनामा एउटा पोल्ट्री फार्म दर्ता भएको छ । मोरङमा दर्ता भएको उक्त पोल्ट्री फार्ममा करिव ५ करोड रुपैयाँ बराबरको लगानीमा रहनेछ । सुरेस बैद्यको नाममा दर्ता भएको उक्त बिजु पोल्टी फार्मले मोरङमा आफ्नो शाखा विस्तार गर्ने भएको हो । फार्मको यो शाखा दोस्रो हो ।

यस्तै बार्षिक ४ सय मेट्रिक टन अष्ट्रिचको मासु उत्पादन गर्ने लक्ष्यसहित नयाँ पोल्ट्री फार्म दर्ता भएको छ । विभागका अनुसार चालु आर्थिक बर्षको साउनमै दर्ता भएको उक्त फार्ममार्फत ७४ करोड २० लाख रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

सो फार्मबाट बार्षिक ४ सय मेट्रिक टन मासु र २ हजार ६ सय ओटा अष्ट्रिचका चल्ला उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

रुपन्देही जिल्लाको तिलोत्तमा गाउँपालिकामा स्थापना गरिएको भएको उक्त फार्मले ४७ जना कामदारलाई रोजगार दिनेगरी चुनप्रसाद शर्माले पोल्टी फार्म उद्योग विभागमा दर्ता गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL