Logo

नेपाल–चीनबीच हवाई सम्झौता, १५ गन्तब्यमा हप्तामा ९८ उडान भर्ने

नेपाल–चीनबीच हवाई सम्झौता, १५ गन्तब्यमा हप्तामा ९८ उडान भर्ने



काठमाडौं । नेपाल र चीनबीच हवाई सम्झौता भएको छ । केही दिन अघि चीन गएका नेपाली प्रतिनिधि मण्डलले शुक्रबार उक्त सम्झौता गरेका हुन ।

laxmi

सम्झौता अनुसार नेपाल र चीनबीच हप्तामा ९८ उडान गरिने भएको छ । बेइजिङमा भएको उक्त सम्झौतामा नेपालले चीनका १५ वटा विमानस्थलमा उडान भर्ने अनुमति पाएको छ भने चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा हप्तामा २१ ओटा उडान गर्न पाउने भएको छ ।

नेपाल र चीनबीच दुईदिने बार्ता पछि उक्त उडानको लागि सम्झौता भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको टोली र चीनको बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा भएको छलफल पछि सम्झौता भएको हो ।

सम्झौता अनुसार बेइजिङ, सांघाई, सियान, ग्वान्झाओ, ल्हासा लगायत विभिन्न १५ गन्तव्यमा नेपाललाई उडान अनुमति दिन चीन सहमत भएको छ ।

मन्त्रालयका अनुसार नेपाल र चीनबीच ८ वटा हवाई रुट प्रयोग गर्ने र हप्तामा ९८ वटासम्म उडान एक अर्को देशमा गर्न पाउने सहमती भएको छ । जसमध्ये चीनले पोखरा र गौतमबुद्ध विमानस्थलमा मात्रै हप्तामा २१ वटासम्म उडान गर्न सक्नेछ । यस अघि भने दुई देशबीचको सम्झौता अनुसार हप्तामा ७० वटासम्म उडान गर्न पाउने व्यवस्था रहेको थियो ।

ग्वान्झाओमा नेपाल एयरलाइन्सलाई उडान गर्न दिने अनुमति चीनले असअघि नै दिइसकेको छ । ‘हिमालय एयरलाइन्सले चीनका मुख्य मुख्य ८ वटा गन्तव्यमा उडान गर्ने रुची देखाएको छ ।, त्यसलाई सम्बोधन गर्ने गरी १५ वटा गन्तव्यमा उडान अनुमति दिन चीन तयार भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL