Logo

‘वर्क फ्रम होम’ सफल भएपछि ट्विटरका कर्मचारीलाई जीवनभर घरबाटै काम गर्ने अनुमति

‘वर्क फ्रम होम’ सफल भएपछि ट्विटरका कर्मचारीलाई जीवनभर घरबाटै काम गर्ने अनुमति



काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कामदारले घरबाटै काम गर्न अनुमति दिने बताएको छ । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण अफिस आउन नसक्ने कामदारहरुका लागि जिवनभर नै घरैबाट काम गर्ने विकल्प दिने बताएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक दोर्सेले मंगलबार आफ्नो ईमेलमार्फत उक्त कुराको जानकारी गराएका थिए । तर ट्विटरका प्रवक्ताले यसको पुष्टि गरेका थिए । अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्वीटरका झण्डै पाँच हजार कर्मचारीले मार्चको सुरु देखि नै घरबाट काम गर्दै आएका छन् ।

घरबाट हुँदै आएको काम अति राम्रो भएकाले कामको प्रकृतिले भ्याउनेहरुलाई महामारीपछि पनि घरबाटै काम गर्ने विकल्प खुला रहने ट्वीटरले जनाएको हो ।

स्थायी रुपमा घरबाट काम गर्न नमिल्ने कर्मचारीका लागि यो वर्षको अन्त्यसम्ममा कार्यालय खुला गर्ने कम्पनीले जनाएको छ । ट्वीटरको कार्यालय चाँडोमा आउँदो सेप्टेम्बरमा मात्रै खुल्ने कम्पनीको भनाई छ । नयाँ दिल्ली, लण्डन, सिंगापुर गरी विश्वभर ट्वीटरका ३५ कार्यालय छन् । द गार्जेनबाट

प्रतिक्रिया दिनुहोस्
MBL