Logo

स्मार्ट टेलिकमले तिरेन २ अर्ब ३२ करोड बक्यौता, लाईसेन्स खारेज

स्मार्ट टेलिकमले तिरेन २ अर्ब ३२ करोड बक्यौता, लाईसेन्स खारेज



काठमाडौं । स्मार्ट टेलिकमको लाईसेन्स खारेजीमा गएको छ । फ्रिक्वेन्सी दस्तुर वापतको रकम समयमै नेपाल दूरसंचार प्राधिकरणमा नबुझाउँदा कम्पनीको लाईसेन्स स्वतः खारेजी प्रक्रियामा गएको हो ।

laxmi

कम्पनीलाई गत साउन १२ गते बसेको प्राधिकरणको बोर्ड बैठकले ३ महिनाभित्र बाँकी रहेको बक्यौता रकम तिर्नुपर्ने निर्णय गरेको थियो । सोही अनुसार कम्पनीको बक्यौता बुझाउने अन्तिम म्याद बिहीबार सकिएपछि निर्णयार्थ लाईसेन्स स्वतः खारेज भएको हो ।

प्राधिकरणको बोर्ड बैठकले १५ दिनभित्र ३० करोड रुपैयाँ र बाँकी रकम ३ महिनाभित्र नबुझाए कम्पनीको लाईसेन्स स्वतः खारेज हुने निर्णय गरेको थियो । कम्पनीले तोकिएको १५ दिनभित्र ३० करोड रुपैयाँ बुझाएपनि दोस्रो किस्ता वापतको २ अर्ब ३२ करोड (भदौसम्मको जरिवानासहित) रुपैयाँ भने अन्तिम म्यादसम्म नतिरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार अब छिट्टै स्मार्ट टेलिकमका लागि प्राधिकरणले पुरानै निर्णयमा टेकेर नयाँ निर्णय गर्नेछ । प्राधिकरणले नयाँ निर्णय भने नभईसकेकाले अबको केहि दिनमै नयाँ निर्णय गर्ने उनको भनाई छ । कम्पनीले गत साउनसम्म प्राधिकरणमा बक्यौतावापतको २ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL