Logo

‘एनर्जाइजर’को आधिकारिक वितरक आईएमएस ग्रूप, स्मार्टडोकोमार्फत बजारमा

‘एनर्जाइजर’को आधिकारिक वितरक आईएमएस ग्रूप, स्मार्टडोकोमार्फत बजारमा



काठमाडौं । एनर्जाइजरका उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ । नेपालस्थित आईएमएस ग्रूपमार्फत सो कम्पनीका पावर बैंकहरु नेपाली बजारमा भित्र्याएको हो ।

एनर्जाइजर ब्याट्रि, पोर्टेबल ब्याट्रि, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वकै ठूलो निर्माता कम्पनी हो । एनर्जाइजरले निरन्तररुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङको उत्पादन गर्दै आएको छ ।

जसले मानिसको जीवनशैलिलाई सहज बनाएको छ । एनर्जाइजरसँग भएको पावर बैंकले तपाईंको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतिय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ । कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्टडोको मार्फत बजारमा उपलब्ध गराएको छ ।

आईएमएस ग्रुपका अध्यक्ष दिकेश मल्होत्राले नेपालमा अन्तरराष्ट्रिय ब्राण्ड एनर्जाइजरको वितरक हुन पाउँदा आफुहरु खुसी भएको बताएका छन । उनले भने, ‘एनर्जाइजरको उत्पादनहरू नेपाली बजारमा भित्र्याउन र नेपाली नागरिकलाई नयाँ प्रविधिको साथ अगाडि बढाउन पाउँदा हामी खुसी छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL