Logo

यसकारण गुम्छ कोरोना संक्रमितमा सुँघ्ने क्षमता, स्वास्थ्य बैज्ञानिकहरुले पत्ता लगाए नयाँ तथ्य

यसकारण गुम्छ कोरोना संक्रमितमा सुँघ्ने क्षमता, स्वास्थ्य बैज्ञानिकहरुले पत्ता लगाए नयाँ तथ्य



काठमाडौं । कोरोना भाईरसको संक्रमण भएपछि धेरैजसो संक्रमितले आफ्नो सुघ्ने क्ष्मता गुमाउने विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ । अहिले कोरोना संक्रमणको मुख्य लक्षणको रुपमा
नाकले गन्ध र बास्ना छुट्याउन नसक्नुलाई पनि लिइएको छ ।

laxmi

पछिल्लो समय अमेरिकास्थित हार्वर्ड मेडिकल स्कुलका वैज्ञानिकहरुले भने संक्रमितले किन सुँघ्ने क्षमता गुमाउछन् भन्नेबारे गहिरो अध्ययन गरेर कारण पत्ता लगाएका छन् । सो अध्धयनको निष्कर्षमा उल्लेख भएअनुसार संक्रमितले सुँघ्ने क्षमता गुमाउनु कुनै न्यूरोन्सहरुसँग सम्बिन्धत समस्या भने होइन ।

वैज्ञानिकहरुका अनुसार ननन्यूरोनल सेलमा ईन्फेक्सन भएपछि कोरोना संक्रमितले गन्ध र बास्ना थाहा पाउन छोड्छन् । साईन्स एडभान्स नामक म्यागेजिनमा प्रकाशित एक लेखमा नाकले लिने गन्ध र बास्नालाई २ किसिमले विभाजित गरेर विश्लेषण गरिएको छ ।

पहिलो नाकको झिल्लीमा भएको तन्तुले लिने गन्ध र यसलाई मस्तिस्कसम्म पुर्याउने न्यूरोन्सलाई अर्को किसिमले व्याख्या गरिएको छ । कोभिड १९ को प्रमुख कारण मानिएको एसीई २ रिसेप्टर नाकको बाटो हुँदै हाम्रो शरीरमा प्रवेश गर्छ ।

मानव शरिरमा भएको प्रोटिनसँग घुलमिल भएर कोरोनाको संक्रमण हुन्छ । हाम्रो शरिरको श्वासप्रश्वास सम्बन्धी सम्पूर्ण भागका कोषमा यसले असर पारेपनि न्यूरोन्समा भने नपाईएको वैज्ञानिकहरु बताउँछन् ।

उक्त खोजमा अन्य केही महत्वपूर्ण अंगहरुमा कोरोना भाईरसले असर पारेपनि सुँघ्न सकिने कोषमा भने असर पर्दैन । वैज्ञानिकहरुका अनुसार न्यूरोन्समा कोरोना भाईरसले प्रत्यक्ष असर नपारेपनि यसका कोही कोषहरुमा असर पारेका कारण गन्ध र बास्ना पाउन मुस्किल पर्छ ।

तर, कोरोनाको भाईरसले न्युरोन्समा असर नपार्नु एक सकारात्मक समाचार पनि हो । एकपटक न्यूरोन्समा संक्रमण भएपछि ठीक हुन् निकै समय लाग्ने र त्यसले कालान्तरमा असर पुग्ने हुन्छ । तसर्थ कोरोनाको भाईरले न्यूरोन्समा असर नपार्नु निकै सकारात्मक भएको अध्ययनको निष्कर्षमा उल्लेख छ । एएफपीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL