Logo

एक बर्षमा ३९ अर्बको बैदेशिक लगानी भित्रियो, पर्यटन र सूचना प्रविधिमा मुख्य आकर्षण

एक बर्षमा ३९ अर्बको बैदेशिक लगानी भित्रियो, पर्यटन र सूचना प्रविधिमा मुख्य आकर्षण



काठमाडौं । नेपालमा गत आर्थिक बर्ष २०७६र७७ मा उद्योग विभागमार्फत ३९ अर्ब बढीको वैदेशिक लगानी भित्रिएको छ । विभागले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार २०७६ असार मसान्तदेखि २०७७ असार मसान्तसम्म नेपालमा ३९ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो ।

laxmi

अघिल्लो आर्थिक बर्ष अर्थात २०७५ असार मसान्तदेखि २०७६ असार मसान्तसम्म भने २६ अर्ब २२ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको थियो ।

सरकारको लगानीमैत्री नीति तथा वैदेशिक लगानी भित्र्याउन आयोजना गरिएको लगानी सम्मेलनले गत आर्थिक बर्षमा बैदेशिक लगानीमा उछाल आएको सम्बन्धितहरु बताउँछन् ।

लगानीमैत्री वातवरण र एकद्वार प्रणालीको पनि व्यवस्था भएपछि वैदेशिक लगानी अघिल्लो आवको तुलनामा गत आवमा झण्डै १३ अर्बले बढेको उद्योग विभागको भनाई छ । विभागका अनुसार गत आर्थिक बर्ष विभिन्न २ सय ३१ ओटा उद्योगमार्फत साढे ३९ अर्बको वैदेशिक लगानी भित्रिएको हो ।

गत आर्थिक बर्षभरी सबैभन्दा धेरै वैदेशिक लगानी सेवा क्षेत्रमा आएको छ । गत आवभरि सेवाक्षेत्रका ७५ ओटा उद्योगमार्फत १३ अर्ब बराबरको लगानी भित्रिएको छ । यस्तै गत आवमा सूचना तथा संचार क्षेत्रका ३७ ओटा उद्योगमार्फत ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्विकृत भएको छ ।

तर, अघिल्लो आवमा भने सबैभन्दा धेरै लगानी पर्यटन क्षेत्रमा आएको देखिन्छ । अघिल्लो अर्थिक बर्षभरी नेपालको पर्यटन क्षेत्रका १ सय २८ उद्योगमार्फत ११ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ ।

यस्तै अघिल्लो आर्थिक बर्षभरी विभिन्न ३ सय ४३ उद्योगमार्फत २६ अर्ब बढीको वैदेशिक लगानी स्विकृत भएको हो । अघिल्लो बर्ष भित्रिएको लगानीमार्फत १४ हजार ३ सय ७५ जनालाई रोजगारी दिने प्रक्षेपण गरिएको थियो भने गत आर्थिक बर्ष भित्रिएको लगानीमार्फत ११ हजार ६ सय ५६ जनालाई रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL