Logo

एफएनसीसीआईको निर्वाचन साउन २६ र २७ गते, पूर्व अध्यक्ष चण्डी ढकाल विरुद्धको खेद प्रस्ताव एजेण्डाबाटै हट्यो

एफएनसीसीआईको निर्वाचन साउन २६ र २७ गते, पूर्व अध्यक्ष चण्डी ढकाल विरुद्धको खेद प्रस्ताव एजेण्डाबाटै हट्यो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको मिति तय भएको छ । महासंघको आज बसेको केन्द्रिय कार्यसमितिको बैंठकले साउन २६ र २७ गतेलाई महासंघको ५४ औं साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।

laxmi

महासंघ पदाधिकारीको आईतबार बसेको बैठकले साउनको अन्तिम साता महासंघको साधारणसभा गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै आज बसेको कार्यसमितिको बैंठकले साउन २६ र २७ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।

यसैगरी महासंघको हिजो बसेको पदाधिकारी बैंठकले नै साधारणसभाका लागि भेन्यु समेत तोकिसकेको छ । पदाधिकारी बैंठकले ललितपुरको हेरिटेज गार्डेनमा सधारणसभा भेन्यु तोकेकोमा आज बसेको कार्यसमिति बैंठकले अनुमोदन गरेको बैंठकमा संलग्न एक कार्यसमिति सदस्यले जानकारी दिए ।

यसैगरी महासंघको यस अघिको पदाधिकारी बैंठकले महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकाल विरुद्ध पारित गरेको भनिएको खेद प्रस्तावलाई एजेण्डाबाटै हटाईएको छ । ‘यस अघिको पदाधिकारी बैंठकले पूर्व अध्यक्ष ढकाल विरुद्ध पारित भएको भनिएको खेद प्रस्ताव हिजो बसेको पदाधिकारी बैठकले खारेज गर्ने सहमति भएसँगै आजको केन्द्रिय समितिको बैंठक बसेको हो,’ महासंघका केन्द्रिय सदस्यले भने, ‘उक्त प्रस्ताव पारित गर्न महासंघको केन्द्रिय कार्यसमिति बैंठकमा आउनु पर्छ तर हिजोको पदाधिकारी बैंठकले नै खारेज गर्ने निर्णय गरेकाले आजको बैंठकमा सो विषयलाई एजेण्डाबाटै हटाईयो ।’

आजको बैंठकमा महासंघको निर्वाचन, विविध सम्बन्धी एजेण्डामा मात्र छलफल तथा निर्णय भएको छ । बैंठकले महासंघको विधानमा भएको निर्वाचन सम्बन्धी व्यवस्थालाई बाधा अड्काउ फुकाउ गरिएको समेत ति कार्यसमिति सदस्यले जानकारी दिए । ‘महासंघको विधान अनुरुप कार्यसमितिको ३ बर्षे कार्यकाल पुरा भएको ३ महिना मात्र उक्त कार्यसमिति बैधानिक रहन सक्छ,’ ती सदस्यले भने, ‘कोभिड १९ का कारण समयमै निर्वाधान हुन नसक्दा साउन २६ र २७ गतेलाई निर्वाचन मिति तोक्नेगरी बाधा अड्काउ फुकाउ गरिएको छ ।’ साथै विविध सम्बन्धमा कोभिड १९ ले व्यवसायमा पारेको असर र बैंक कर्जा तथा ब्याजदरको विषयमा छलफल भएको समेत केन्द्रिय सदस्यले जानकारी दिए ।

पछिल्लो समय महासंघमा निवर्तमान अध्यक्ष पशुपती मुरारका, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र भवानी राणाको एउटा धार र चण्डिराज ढकालको अर्को स्पष्ट धार देखिन थालेपछि कार्यसमितिदेखि जिल्ला/नगरसम्म महासंघमा दुई धार देखिन शुरुभएको थियो ।


तर पहिलेदेखि मध्यमार्गी भूमिका निभाउँदै आएका एशोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुनः सबैलाई एकैठाउँमा ल्याई महासंघको विवाद मत्थर पारेको एक सदस्यले बताए । ‘अहिलेलाई ढकालको मध्यमार्गी बाटोले फेरि महासंघलाई एक बनाएको छ,’ ती केन्द्रिय सदस्यले भने, ‘यस अघि महासंघको विधान संशोधन प्रस्ताव पनि उनकै कारण रोकिएको थियो ।’ साथै उनकै पहलमा चण्डी ढकाल विरुद्धको खेद प्रस्ताव कार्यसमितिमा नलैजाने गरी हाललाई विवाद समाधान गर्ने सहमती भएको समेत ती सदस्यले जानकारी दिए ।

अहिलेको विषम परिस्थितिमा महासंघ एक हुनुको विकल्प नहरेकोले पनि सबै सहमतीमा आएको ती कार्यसमिति सदस्यको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL