Logo

किन भइरहेको छ अघोषित लोडसेडिङ ? यसो भन्छन् कुलमान !

किन भइरहेको छ अघोषित लोडसेडिङ ? यसो भन्छन् कुलमान !


बिजखबर संवाददाता
324
Shares

काठमाडौं । पछिल्लो समय काठमाडौंमा लामो समयसम्म बत्ती जान थालेपछि जनताहरुले अघोषित लोडसेडिङको संज्ञा दिन थालेका छन् । दिनहुँजसो घण्टौंसम्म बत्ती जान थालेपछि के अब अघोषित लोडसेडिङ नै भएको हो भन्दै प्रश्न उठ्न थालेको छ ।

laxmi

दिउँसो तथा वेलुकाको समयमा झ्याप्प झ्याप्प बत्ती जान थालेपछि फेरि पनि इन्भर्टरको युग आउन लागेको त हैन भन्दै जनताहरु त्रसित बन्न थालेका छन् । तर, देशभर विद्युत आपूर्ति गर्ने निकाय नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने अव देशमा लोडसेङिको विषयमा कुनै चिन्ता नलिन आग्रह गर्छन ।

‘अब देशमा फेरि पनि लोडसेडिङ हुन्छ भनेर सोच्नु पर्दैन । हामीसँग जति पनि विजुली छ माग अनुसार दिन सक्छौं,’ बिजखबरसँगको कुराकानीमा उनले भने, ‘तर अहिले विभिन्न खालका प्राविधिक कारणले गर्दा ठाउँठाउँमा केही समय विजुली गइरहेको छ ।’

प्राधिकरणसँग आवश्यकता अनुरुप विजुली भएकै कारण जनतालाई खाना पकाउनका लागि समेत ग्याँसको सट्टामा इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिएको उनी बताउँछन् । चिसोको समयमा घरमा बढी हिटर बल्न थालेपछि आभेरलोडका कारण ट्रान्सफरमरमाा लोड पर्न गई बत्ती जान लागेको प्राधिकरणले जानकारी दिएको छ । तर, ओभरलोडका कारण सेड्युल विना बत्ती जाँदा मोवाई चार्जर, हिटर, टिभी तथा अन्य विद्युती उपकरणहरु विग्रने क्रम बढेको सम्बद्ध उपभोक्ताहरु बताउँछन् ।

विशेषगरी राष्ट्रियभन्दा पनि स्थानीय समस्याकै कारण विद्युत आपूर्तिमा समस्या आएको घिसिङले जानकारी दिए । ‘कतै फिडर बिग्रन,े कतै ट्रान्सफरमर जल्लेजस्ता कारणले गर्दा स्थानीय स्तरमा विद्युत आपूर्तिमा समस्या भएको छ,’ उनले भने, ‘यो कुनै अघोषित लोडसेडिङ होइन स्थानीय स्तरमा देखिएको प्राविधिक समस्या मात्र हो ।’ उक्त समस्या समाधानका लागि आफुहरुले शनिवार तथा अन्य विदाको दिनपनि प्राविधिक टोली खटाएर काम गरिरहेको समेत उनले जानकारी दिए ।

उनका अनुसार अहिले धेरैजसो स्थानमा उच्च क्षमताका ट्रान्सफरमर राख्ने काम भइरहेको छ भने सोही अनुरुप फिडरमा पनि सुधार गरिएको छ । पछिल्लो १ बर्षमा विद्युतको लोडनै ४० प्रतिशतले बढेका कारण सोही अनुरुप विद्युत आपूर्तिका लागि मौजुदा पूर्वाधारले नधानेका कारण नयाँ थप्ने काम भइरहेको समेत उनले जानकारी दिए ।

‘अहिले स्थानीय स्तरमा विद्युतको माग उच्च रुपमा छ तर, सोही अनुरुप विस्तार गर्न पूर्बाधार निर्माण गर्न दिइदैन,’ उनले भने, ‘विशेषगरी विद्युतका पोल राख्न, ट्रान्सफर राख्न तथा तार विस्तारका लागि स्थानीयले अवरोध गर्दै आएका छन् जसका कारण स्थानीय स्तरमा समयसमयमा विद्युत आपूर्तिमा समस्या देखिएको छ ।’

अहिले स्थानीय स्तरमा जनताहरुले आफ्नो घरछेउमा ट्रान्सफर राख्नका लागि समेत विभिन्न बखेडा निकाल्ने गरेको उनले जानकारी दिए । ‘हामीले जनतालाई सहज रुपमा विद्युत आपूर्ति दिनका लागि ठाउँठाउँमा फिडरहरु विस्तारगर्दै ट्रान्सफरमर राख्न काम अघि बढाएका छौं,’ उनले भने, ‘स्थानीय स्तरमा जनताहरु आफ्नो घर छेउमा ट्रान्सफरमर राख्न दिनुहुन्न, लोड थपिने तर ट्रान्सफमर थप्न नदिएपछि स्वभाविक रुपमा ट्रान्सफरमर जल्न गई विद्युत आपूर्तिमा समस्या आउँछ ।’ उक्त समस्या ग्रामीण भेगमा भन्दा पनि शहरमा बढी रहेकोसमेत उनले जानकारी दिए ।

जाडोको समयमा काठमाडौंमा मात्रै ४ सय मेगावाट विद्युतको माग छ । जुन माग अघिल्लो बर्षको तुलनामा करिब ४० प्रतिशतले बढी हो । विद्युत माग बढ्ने तर सोही अनुरुप आवश्यक पूर्वाधार विकास गर्न खोज्दा समस्या आएपछि सहज रुपमा आपूर्ति गर्न समस्या भएको समेत उनको गुनासो थियो । तर, पछिल्लो समय स्थानीय स्तरमा सहकार्य गर्दै धेरै समस्या समाधान गरिएको र केही दिनमा हाल भइरहेको विद्युत आपूर्तिको समस्या पनि समाधान हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL