Logo

राष्ट्रपतिसमक्ष नयाँ मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण

राष्ट्रपतिसमक्ष नयाँ मन्त्रीले लिए सपथ, आजै पदभार ग्रहण



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गरेसँगै नयाँ नियुक्त मन्त्रीहरुले राष्ट्रपति बिद्यादेबी भण्डारीबाट सपथ लिएका हुन् । बिहीबार बिहान करिब साँढे ११ बजेतिर नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन्। मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिएका हुन्। आज सपथ लिएका मन्त्रीहरुले आज नै पदभार ग्रहण गर्ने तयारी भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका थिए।

laxmi


सपथ लिने नवनियुक्त मन्त्रीमा हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात रहेका छन्।


त्यस्तै, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त भएका छन्। सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारीमा सारिएको छ। स्वास्थ्य मन्त्रालयको जिम्मा कानुनमन्त्री भानुभक्त ढकाललाई दिइएको छ।

पुरानो मन्त्रिमण्डबाट भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, संघीय मामिलामन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवलाई हटाईको छ । प्रधानमन्त्री ओलीले अन्य मन्त्रीलाई भने यथावत राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL