Logo

त्रिभुवन विमानस्थलमा कार्यरत मजदूरको आन्दोलन : २ घण्टा देखि थुप्रियो फोहोर, विमानस्थलका प्रमुख बेखबर

त्रिभुवन विमानस्थलमा कार्यरत मजदूरको आन्दोलन : २ घण्टा देखि थुप्रियो फोहोर, विमानस्थलका प्रमुख बेखबर



काठमाडौं । त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलमा २ घण्टा देखि कुनै पनि फोहोर उठाउन सकिएको छैन । विमानस्थलमा कार्यरत कर्मचारीहरुको आन्दोलनका कारण फोहोर उठाउन नसकिएको विमानस्थल श्रोतले जानकारी दिएको छ ।

laxmi

नेपाल नागरिक उड्डयन प्राधिकण अन्तरगत विमानस्थलमा कार्यरत कर्मचारीहरुले आफुहरुलाई सरकारले घोषणा गरेअनुरुप कानुन बोमोजिम पाउनु पर्ने सेवा सुविधालगायतका माग राख्दै आन्दोलन स्वरुप फोहोर उठाउन नदिएका हुन् ।

अहिले हाउस किपिङ, ल्किनरलगायतका काम साढे दुई घण्टा देखि बन्द रहेको युनिट्राभ केन्द्रिय अध्यक्ष सुमन पराजुलीले जानकारी दिएका छन । उनका अनुसार जबसम्म दुई पक्षबीच छलफल भई कुनै टुङ्गोमा पुग्दैन तब सम्म आन्दोलन निरन्तर जारी रहने समेत उनले बिजखबरलाई जानकारी दिएका छन ।

पराजुलीका अनुसार प्राधिकरणले आफुअनुकुल ३ जना कर्मचारीलाई मात्रै सेवा सुविधा दिएको आरोप समेत लगाउँदै आएको छ । उनले भने, ‘जबसम्म नाताबाद र कृपाबादको अन्त्य हुँदैन तब सम्म हाम्रो आन्दोलन रोकिँदैन ।’

कार्यरत कर्मचारीले विगत २ बर्ष देखि नियुक्ति पत्र समेत नपाएको साथै रोजगार सम्झौता, सामाजिक सुरक्षा अन्तरगत उपदान (संचय) कोष, बीमालगायत बृद्धि भएको तलब समेत नदिएको आरोप लगाउँदै आएका छन ।

पराजुलीले भने सरकारको नीति प्रष्ट हुनु पर्ने लगायतका माग राख्दै कर्मचारीलाई माथिल्लो निकायले थर्काउने धम्काउने गरेको तथा झुट्टा आरोप समेत लगाउने गरेकाले आन्दोलन गर्नु परेको बताए ।

तर विमानस्थलका प्रवक्ता तथा निमित्त प्रमुख प्रताब तिवारीले भने आफुलाई कुनै जानकारी नआएको बताएका छन । उनले भने, अहिले निमित्त प्रमुखको रुपमा म यही छु त्यस्तो कुरा मलाई जानकारी हुनु पर्ने हो तर कुनै जानकारी आएको छैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL