Logo

एफएनसीसीआईमा आगामी अध्यक्षको भाग्य शुक्रबार टुङ्गो लाग्दै, यस्तो छ विधान संसोधन समितिको तयारी

एफएनसीसीआईमा आगामी अध्यक्षको भाग्य शुक्रबार टुङ्गो लाग्दै, यस्तो छ विधान संसोधन समितिको तयारी



काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको आगामी अध्यक्षको टुङ्गो शुक्रबार लाग्ने भएको छ । हाल अहिलेकै विधान अनुसार वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बन्न दिने वा महासंघको आगामी दिनमा हुने विशेष साधारणसभाबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्ने भन्ने विषयमा विवाद रहेको छ ।

laxmi

महासंघकको विधान संशोधन समितिका संयोजक तथा विशिष्ट सदस्य चण्डिराज ढकालको संयोजकत्वमा गठित विधान संसोधन समितिले केही समय अघि तीन महले सहित प्रत्यक्ष निर्वाचन प्रणालीबाटै अध्यक्ष चयन गरिने प्रस्ताव अघि सारेको थियो । सो प्रस्तावमा अहिलेबाटै लागू गर्ने वा आगामी कार्याकालबाट लागू गरिने भन्ने विषयमा स्पष्ट पारिएको थिएन ।

तर, विधान संसोधन समितिको यहिँ शुक्रबार बस्ने बैंठकले सो विषयमा टुङ्गो लगाएर विशेष साधारणसभामा प्रस्ताव पेश गरिने विधान संसोधन समितिका संयोजक ढकालले जानकारी दिए ।

महासंघको आगामी दिनमा हुने विशेष सधारणसधाको के–कस्ता प्रस्ताव लैजाने भन्ने विषयमा विधान संसोधन समितिको शुक्रबार बस्ने बैंठकले टुङ्गो लगाउने छ,’ उनले भने, ‘अध्यक्षको विषयमा कि अहिले नै प्रत्यक्ष निर्वााचन प्रणालीबाट चयन गरिने गरी प्रस्ताव लगिन्छ यदि उक्त प्रस्ताव लगिएन भने मौजुदा व्यवसस्थालाई नै निरन्तरता दिईने छ एक दुई कार्यकाल भन्ने हुँदैन ।’

शुक्रबार हुने विधान संसोधन समितिको बैंठकले अहिलेकै व्यवस्थालाई निरन्तरता दिने गरी प्रस्ताव लगेमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने छन् । यसअघि गोल्छा महासंघको विधान अनुसार अगामी कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने गरी वरिष्ठ उपाध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL