Logo

घण्टौं जहाज होल्ड हुने समस्या हट्दै, ट्याक्सी वेलाई पनि रनवेमा जोड्ने तयारी

घण्टौं जहाज होल्ड हुने समस्या हट्दै, ट्याक्सी वेलाई पनि रनवेमा जोड्ने तयारी



काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा घण्टौं हुने जहाज होल्ड हटाउने भएको छ । पछिल्लो समय जहाज होल्ड हुने प्रवृत्ति बढेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले यसलाई हटाउने बताएका हुन ।

आईतबार गैरआवासिय नेपाली संघ र भ्रमण बर्ष २०२० बीचको सम्झौता कार्यक्रममा बोल्दै उनले विमानस्थलमा हुने जहाज होल्डलाई न्युनिकरण गर्न लागिपरेको बताएका हुन । ‘घण्टौं जहाज होल्ड भईदिँदा नेपाल आउने पर्यटकहरुमा प्रत्यक्ष असर परेको छ,’ उनले भने, ‘यसलाई हटाउन अब ट्याक्सी वेलाई पनि रनवेमा जोडीनेछ ।’

त्रिभुवन विमानस्थलको ट्याक्सी वेलाई रनवेमा जोडेपछि हाल भईरहेको जहाज होल्ड हुने प्रवृत्ति हट्ने उनको दावी छ ।

कार्यक्रममा बोल्दै उनले विभिन्न देशमा छरिएर रहेका नेपालीले सहयोग गरेमा २०२० मा २० लाख पर्यटक भित्र्याउन कुने अप्ठ्यारो नपर्ने बताएका छन । उनले ५ बर्ष पछि नेपालमा ३५ लाख पर्यटक भित्र्याउने समेत घोषणा गरेका छन ।

मन्त्री भट्टराईले अबको केही समयभित्रै नेपालामा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थलहरुलाई समेत संचालनमा ल्याउने बताएका छन ।

यस्तै कार्यक्रममा भ्रमण बर्ष २०२० का संयोजक सुरज वैद्यले भ्रमण बर्षको प्रचारका लागि समय कम भएपनि अबको केही समयमा प्रचारका लागि अष्ट्रेलिया, लण्डन र मलेसिया जाने बताएका छन । उनले नेपालका नराम्रालाई मात्रै नभएर राम्रा कुराको प्रचार गर्नुपर्नेमा जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL