Logo

मांसाहारीभन्दा शाकाहारी खाना लाभदायक, १६ हप्तामै कम गर्छ मोटोपन र मधुमेह

मांसाहारीभन्दा शाकाहारी खाना लाभदायक, १६ हप्तामै कम गर्छ मोटोपन र मधुमेह



काठमाडौं । दशैंमा मासु, चिल्लो पदार्थ, मसलायुक्त खानेकुरा लगायत खानेकुराहरु हाम्रो दिमागमा खेल्न थाल्दछ । तर मांसाहारी खानाभन्दा वनस्पतिजन्य खाना हाम्रो शरिरको लागि लाभदायक हुने एक अनुसन्धानले देखाएको छ ।

शाकाहारी खानाले तपाईँको स्वास्थ्य अवस्थामा सुधार ल्याउँछ । तर विशेषज्ञका अनुसार यसले हाम्रो शरिरलाई आवश्यक पोषण र प्रोटिनको सन्तुलनमा पनि महत्वपुर्ण भुमिका खेल्दछ ।
हालै गरिएको एक नयाँ अध्ययन अनुसार ४ महिना लगातार शाकाहारी भोजन गरे हाम्रो पेटको माईक्रोबायोमलाई सहयोग पुग्दछ । जसको कारण शरिरमा भएको अनावश्यक मोटोपन र मधुमेह हुने खतरा कम गर्न सकिन्छ ।

तर यसको मतलब यो पनि होईन की मासु र डेरी उत्पादन पुरै रुपमा छोड्नुस । अध्ययनका अनुसार बोटबिरुवामा आधारित खानेकुरा मांसाहारी खानेकुरा भन्दा धेरै गुणा स्वस्थकर हुन्छन ।
अनुसन्धानकर्ताले १ सय ४७ जना सहभागिहरुसँग उक्त अध्ययन गरेका थिए । सो अध्ययनमा २ समुहमध्ये एक समुहलाई कम बोसोयुक्त शाकाहारी खाना र अर्कालाई खानामा कुनै परिवर्तन नगरी खान लगाईएको थियो ।

अनुसन्धानको १६ हप्तापछि बोसोरहित खानेकुरा खाने समुहका सहभागिको शरिरबाट बोसो, कोलेस्टेरोल लगायतको तह कम भएको थियो । १६ हप्ता मात्रै शाकाहारी भोजन भयो भने मात्रै पनि हाम्रो शरिरमा हुनेगरेका अनेक नराम्रा प्रक्रिया नष्ट गर्न सकिने अनुसन्धाताले जानकारी दिएका छन । अनुसन्धाताहरुले सबैलाई बनस्पतिजन्य खानेकुरालाई नै खानामा जोड दिनुपर्ने समेत सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL