Logo

राजेशकाजी श्रेष्ठदेखि चन्द्र ढकालसम्म बिभुसित, यी हुन संविधान दिवसमा पदक पाउने उद्योगी व्यवसायी

राजेशकाजी श्रेष्ठदेखि चन्द्र ढकालसम्म बिभुसित, यी हुन संविधान दिवसमा पदक पाउने उद्योगी व्यवसायी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा विभिन्न उद्योगी व्यवसायीलाई सम्मान गरेको छ । राज्यलाई योगदान पुर्याएवापत सरकारले उद्योगी व्यवसायीलाई विभिन्न पदकबाट सम्मान गरेको हो ।

laxmi

संविधान दिवसको अवसरमा सरकारले नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई सुकिर्तिमय राष्ट्रदीप, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी मिश्र राणा, आईएमई ग्रूपमा अध्यक्ष तथा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद र उद्योगी अशोककुमार अग्रवाललाई कीर्तिमय राष्ट्रदीपबाट सम्मान गरेको छ ।

सरकारले नेपाल बैंकका अध्यक्ष तथा सहित्यकार वासुदेव अधिकारीलाई सुप्रवल जनसेवा श्रीबाट सम्मान गरेको छ ।

यसैगरी बैंकर एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई प्रवल जनसेवा श्रीबाट सम्मानित गरेको छ ।

सरकारले मरणोपरान्त स्वर्गीय तत्कालिन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र स्वर्गीय मदनमणि दिक्षितलाई महाउज्ज्वल राष्ट्रीपबाट सम्मान गरेको छ

उनीहरुलाई संविधान दिवसको अवसरका आजै दिउसो एक कार्यक्रमबीच सम्मान गरेको छ सो अवसरमा सरकारले विभिन्न क्षेत्रका गरी कुल ६२५ जानलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL