Logo

हवाई सुरक्षा सम्मेलनको लागि आईकाओ टोली शनिबार नेपाल आउँदै, ५ दिने सम्मेलनमा ४४ देशको सहभागिता

हवाई सुरक्षा सम्मेलनको लागि आईकाओ टोली शनिबार नेपाल आउँदै, ५ दिने सम्मेलनमा ४४ देशको सहभागिता



काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलनको तयारी गर्न आइकाओको टोली शनिबार नेपाल आउने भएको छ ।

laxmi

काठमाडौंको सोल्टी होटलमा यही भदौ २ देखि ६ गतेसम्म हुने सम्मेलनको तयारीका लागि उक्त टोली शनिबार नेपाल आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनराज पोखरेलले जानकारी दिएका छन ।

उक्त सम्मेलनमा आइकाओका अध्यक्षलगायतले समेत सहभागिता जनाउने भएको छ । ५ दिन सम्म चल्ने उक्त सम्मेलन नेपालमा नै हुने भए पनि त्यसको तयारी भने आईकाओले नै गर्ने भएका हुन ।

आइकाओमा १९३ सदस्य राष्ट्र भए पनि नेपालमा हुने उक्त सम्मेलनमा भने एसिया प्रसान्त क्षेत्रका ४४ राष्ट्रले मात्रै सहभागिता जनाउने भएका हुन । जसमा ४४ देशका हवाई महानिर्देशकहरुको सहभागिता रहने प्राधिकरणले जानकारी दिएको छ ।

५ दिने सो सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली संघ, बोईङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा) लगायत अन्तरराष्ट्रिय संघसंस्थाहरुको समेत सहभागिता रहने छ ।

महानिर्देशक पोखरेलका अनुसार सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL