Logo

आजबाट एकल बिन्दु सेवा केन्द्र संचालनमा, लगानीकर्तालाई २४ वटा सेवा एकै ठाउँबाट

आजबाट एकल बिन्दु सेवा केन्द्र संचालनमा, लगानीकर्तालाई २४ वटा सेवा एकै ठाउँबाट



काठमाडौं । सरकारले आजबाट एक विन्दु सेवा केन्द्र संचालनमा ल्याएको छ । आजै ११ बजे विशेष कार्यक्रमबीच उद्योग विभागबाट एक विन्दु सेवाकेन्द्र उद्घाटन गरी संचालनमा ल्याईने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यमकुमारी खतिवडाले जानकारी दिईन् ।

‘हामीले सम्पूर्ण लगानीकर्तालाई एकै ठाउँबाट सबै प्रकारकार सेवा प्रदान गर्नका लागि आजबाट एक विन्दु सेवाकेन्द्र संचालमा ल्याएका हौं,’ उनले भनिन्, ‘उक्त सेवाकेन्द्र संचालनमा आएसँगै लगानीकर्ताले फाइल बोकेर विभिन्न निकायमा धाउनुपर्ने बाध्यता हट्नेछ ।’

सेवा सुरु भएपछि उद्योग सञ्चालनका लागि आवश्यक परामर्शदेखि दर्तालगायतका सबै सेवा एकै स्थलबाट उपलब्ध हुने छ । केन्द्रबाट उद्योग सञ्चालन गर्न चाहने लगानीकर्ताले आवश्यक परामर्शदेखि, दर्ता प्रक्रिया, जग्गा प्राप्ति, मुद्रा तथा विनिमय, अध्यागमनलगायतका २४ विभिन्न सेवा एकै स्थानबाट पाउने छन् ।

उक्त सेवा केन्द्रमा भन्सार, राजस्व, प्रवेश आज्ञा सहजीकरण, ऊर्जा तथा सञ्चार पूर्वाधार, दर्ता, वातावरण, विदेशी विनिमय प्रशासन तथा कानुनी, जग्गा सहजीकरणलयातका १४ एकाइ राखिएका छन् । जहाँ सम्बन्धित निकाय तथा मन्त्रालयबाट अख्तियार प्राप्त ४१ जना कर्मचारी रहनेछन् ।

सेवा केन्द्रबाट उद्योग अनुमति, वातावरणीय प्रभाव मूल्याङ्कन, उद्योग दर्ता, भन्सारका आयात निर्यात अनुमति सुविधा, विदेशी विनिमयलगायत सुविधा उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL