Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतीमा तिब्रता, लक्ष्य भन्दा अगाडीनै सम्पन्न

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतीमा तिब्रता, लक्ष्य भन्दा अगाडीनै सम्पन्न



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भईरहेको विमानस्थल स्तरोन्नतीको काम तिब्र गतिमा भईरहेको छ ।

laxmi

स्तरोन्नतीको काम सुरु भए देखी ३ महिना भित्रै सम्पन्न गर्ने लक्ष्य लिए पनि सो समय भन्दा अगाडीनै काम सम्पन्न हुने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पाेरेशनले यसै गरी काम तिब्र रुपमा गर्ने हो भने र कुनै बाधा नभए अबको एक डेड महिना भित्रै सम्पन्न हुने छ ।

हाल सम्म उक्त विमानस्थलको दक्षिण भागबाट ७ सय मिटर भन्दा माथी पिचको काम सम्पन्न भईसकेको छ भने विमानस्थल टावर नजिक (रनवे) को ३ सय ४३ मिटर पिच भईसकेको क्षेत्रीले जानकारी दिएका छन ।

विमानस्थल रनवेको पूर्णरूपमा मर्मतका लागि अप्रिल १ देखी दैनिक १० घण्टा बन्द हुँदै आएको छ । साथै उक्त विमानस्थलमा ईलेक्ट्रिक डकको काम भने करिब १५ सय मिटर भन्दा माथी भईसकेको समेत क्षेत्रीले जानकारी दिएका छन ।

उक्त विमानस्थल रनवे स्तरोन्नतिका लागि गत नोभेम्बरमा क्यानले चिनियाँ कम्पनीसँग निर्माण सम्झौता गरेको थियो । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुनेछ ।

विमानस्थलको रनवेको काम सम्पन्न नभए सम्मका लागि काठमाडौंबाट लुक्ला हुने उडान भने रामेछापको मन्थली विमानस्थलबाट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL