Logo

पर्यटन क्षेत्रमा कामगर्ने मजदुरको गुनासो, सरकारले तोकेको ज्याला कहिले पाउने

पर्यटन क्षेत्रमा कामगर्ने मजदुरको गुनासो, सरकारले तोकेको ज्याला कहिले पाउने



काठमाडौं । मजदुर दिवसकै दिन मजदुरहरुले सरकारले तोकेको न्युनतम ज्याला नपाएको गुनासो गरेका छन । विगत लामो समय देखी पर्यटन क्षेत्रमा काम गर्दै आएका मजदुरहरुले सरकारले तोके बमोजिम आफुहरुले तलब नपाएको गुनासो पोखेका हुन ।

laxmi

एक्सोडस ट्राभल्स युकेमा काम गरिरहेको दोलखाका भिम तामाङले तोके अनुसार ज्याला नपाएको गुनासो पोखेका हुन । सरकारले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरको न्युनतम पारिश्रमिक तोके पनि मजदुरले भने सोही अनुरुप पारिश्रमिक पाएका छैनन् ।

सरकारले ट्रेकिङ ब्यवसायीहरुलाई न्युनतम तलब दैनिक अन्नपूर्ण तथा लाङटाङ क्षेत्रमा जाने गाईडको २१ सय रुपैयाँ तोकेको छ । सगरमाथा क्षेत्रको लागि २२ सय ६८ रुपैयाँ, क्याम्पिङ ट्रेक गाईडको १७ सय ६४ रुपैयाँ तोकेको छ । तर कम्पनीहरुले भने आफुखुसी तलब दिने गरेको ब्यवसायीहरु स्वीकार्छन ।

कम्पनीहरुले भने दैनिक १५ सय रुपैयाँ देखी १८ सय रुपैयाँ सम्म मात्रै दिने गरेको छ । सरकारले तोके बमोजिमको तलब हामीले कहिले पाउने मजदुरहरुको गुनासो रहेको छ ।

त्यस्तै अर्का कम्पनीका संचालकका अनुसार नेपालमा कम्तिमा पनि २७ सय ओटा भन्दा धेरै कम्पनी भएकाले पनि सरकारले तोके बमोजिम तलब नदिएको स्वीकार्छन । उनले भने, ‘अहिले काम गर्ने मजदुरहरु ९ सय देखी १ हजार रुपैयाँमा काम गर्न आउँछन भने सरकारले तोके बमोजिम तलब किन दिने ।’

त्यस्तै सरकारले पदमार्गमा जाने कुकको न्युनतम तलब दैनिक १६ सय ८० रुपैयाँ तोकेको छ । तर कम्पनीहरुले भने कुकलाई १२ सय रुपैयाँ मात्रै दिने गरेको छ । त्यस्तै सहयोगी भान्सेले पाउने न्युनतम तलब १५ सय ९६ रुपैयाँ भए पनि ११ देखी १२ सय रुपैयाँ मात्रै पाउने गरेको पदमार्गमा जाने मजदुरले जानकारी दिएका छन ।

भारी बोकेर जाने मजदुरको २२ सय रुपैयाँ तलब सरकारले तोकेको भए पनि ९ सय देखी १ हजार रुपैयाँ मात्रै पाउने गरेको एक्सोडस ट्राभल्सका एक मजदुरले जानकारी दिएका छन । ति मजदुरले भने, ‘अनुसार गाईडले २१ सय पाउनेमा १५ देखी १८ सय रुपैयाँ पाउँछन भने हामी भारी बोकेर जानेलाई कम्पनीले कहाँ धेरै पैसा दिन्छन र ।’

प्रतिक्रिया दिनुहोस्
MBL