Logo

सरकारको राजस्व संकलन लक्ष्यभन्दा बढि, पूँजीगत खर्च ७९ प्रतिशत

सरकारको राजस्व संकलन लक्ष्यभन्दा बढि, पूँजीगत खर्च ७९ प्रतिशत



काठमाडौं । राजस्व संकलनको दबाबमा परेको सरकारले गत आर्थिक बर्षको अन्तिम दिनसम्ममा लक्ष्यभन्दा बढि राजस्व संकलन गरेको छ । सरकारले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसक्ने बताईरहँदा अन्तिम दिन १७ अर्ब रुपैयाँभन्दा बढि राजस्व संकलन गरेपछि लक्ष्यभन्दा बढि हुन पुगेको हो ।

सरकारले गत आर्थिक बर्षमा ७ खर्ब ३० अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा अन्तिम दिनसम्ममा ७ खर्ब ३१ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएको राजस्व सचिव शिशिर ढुङ्गानाले जानकारी दिए ।

यसैगरी बजेट परिचालनमा पनि सरकार सफल भएको छ । सरकारले संशोधित लक्ष्य अनुरुप ७१ प्रतिशत पूँजीगत खर्च गर्ने लक्ष्य लिएकोमा अन्तिम दिन सम्ममा ७९ प्रतिशत पूँजीगत खर्च गरेको छ । पछिल्लो समय स्रोतको सुनिश्चितता भएका आयोजनाहरुलाई काम गरे अनुसारको निकासा दिएसँगै पूँजीगत खर्च बढेको ढुङ्गाना बताउँछन् । ‘धेरैजसो स्रोत सुनिश्चितता भएका आयोजनाहरुले काम अनुसारको भुक्तानी पाएका थिएनन्,’ उनले भने, ‘काम भएका आयोजनाहरुलाई भुक्तानी दिएपछि पूँजीगत खर्च उच्च रुपमा बढ्न पुगेको हो ।’

सरकारले समग्रमा ८३ प्रतिशत बजेट परिचालन गरेको छ । जसमा चालू खर्च ८६ प्रतिशत भएको छ भने वित्तीय खर्च ७७ प्रतिशत भएको छ ।
यसैगरी सो अबधिमा बजेट घाटा बढेर ५ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । सो अबधिमा सरकारले आन्तरिक ऋण १ खर्ब ४१ अर्ब रुपैयाँ उठाएको छ । सरकारले बजेटमार्फत १ खर्ब ४५ खर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL