Logo

विद्यादेवी भण्डारी पुनः राष्ट्रपति बन्ने निश्चित, एमालेले बनायो उम्मेदवार

विद्यादेवी भण्डारी पुनः राष्ट्रपति बन्ने निश्चित, एमालेले बनायो उम्मेदवार


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपति मा निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अबेरसम्म बसेको स्थायी कमिटी बैठकले वर्तमान राष्ट्रपति भण्डारीलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार एमालेको भागमा राष्ट्रपति परेको थियो । सोही अनुरुप भण्डारी आगामी ५ वर्षका लागि पुनः राष्ट्रपति हुने निश्चित भएको छ । स्रोतका अनुसार उपराष्ट्रपतिमा पनि नन्दकिशोर पुन नै दोहोरिने निश्चित जस्तै रहेको छ ।

एमाले, माओवादी सरकारमा संघीय समाजवादी फोरमसमेत सहभागी हुने निर्णयपछि सत्तारूढ गठबन्धनको प्रतिनिधिसभामा दुई तिहाइ मत पुगेको छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० जना मतदाता कायम रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL