Logo

विश्वकप छनोटमा पुर्‍याउने क्रिकेट खेलाडीलाई जनही ४ लाख

विश्वकप छनोटमा पुर्‍याउने क्रिकेट खेलाडीलाई जनही ४ लाख


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । सरकारले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट भएको नेपाली राष्ट्रिय टिमलाई सरकारले जनही ३ लाख रूपैयाँ पुरस्कार दिने भएको छ। यस्तै मदन भण्डारी फाउन्डेशनले पनि एक(एक लाख रूपैयाँ पुरस्कार दिन लागेको हो।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टिमलाई बधाई दिन वालुवाटार बोलाएका थिए । सोहि अवसरमा सो पुरस्कारको घोषणा गरेका हुन् । नामिबियामा सम्पन्न आइसिसि विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएको हो ।

फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।
नेपाली टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी छन् । त्यस्तै वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL