भूकम्प पीडितले दोस्रो किस्ता बुझ्ने समय चैतसम्मलाई थपियो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि समय थप गरेको छ । यस अघि पुससम्म मात्र दोस्रो किस्ता लिन पाउने समय रहेकोमा अब चैतसम्मलाई थप गरेको हो ।

बैठकल शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बसेको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता लिन पाउने गरी समय थप गरेको हो ।

प्राधिकरणका अनुसार अनुदानका लागि ६ लाख ८४ हजार ४ सय ६८ लाभग्राहीले सम्झौता गरेका थिए । त्यसमध्ये ६ लाख ७१ हजार ५ सय ७७ जनाले पहिलो किस्ता बुझेका थिए भने १ लाख ६६ हजार ३ सय २० जनाले मात्र दोस्रो किस्ता वापतको रकम बुझेका छन् ।

हालसम्म २ लाख ९५ हजार ३ सय ४४ वटा घर निर्माणाधिन अवस्थामा रहेको प्राधिकरणले जानकारी दिएको छ । यस्तै ९५ हजार ७ सय घर भने निर्माण सम्पन्न भइसकेको छ । जसमा ४१ हजार लाभग्राहीले तस्रो किस्ता वापतको रकम समेत लिइसकेका छन् ।


फेसबूक कमेन्ट गर्नुहोस्

Social Media Auto Publish Powered By : XYZScripts.com