Logo

लक्ष्यभन्दा बढी उठ्यो राजस्व, ६ महिनामा ३ खर्ब ३६ अर्ब संकलन

लक्ष्यभन्दा बढी उठ्यो राजस्व, ६ महिनामा ३ खर्ब ३६ अर्ब संकलन


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक बर्षको पहिलो ६ महिनामा कुल ३ अर्ब ३६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सो अबधिमा सरकारको लक्ष्य अनुरुप राजस्व संकलन भएको राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले जानकारी दिए । ‘सरकारले सो अबधिमा ३ खर्ब ३४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो,’ उनले भने, ‘सो अबधिमा सोभन्दा २ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ ।’

अर्थले राजस्व संकलनमा बृद्धि गरेसँगै बजेट घाटा समेत कम भएको छ । सो अबधिसम्म आइपुग्दा बजेट घाटा कम हुँदै ६३ अर्ब ६८ करोड रुपैयाँमा झरेको छ ।

सो अबधिमा सरकारको पूँजीगत खर्च भने एकदमै न्युन रहेको छ । चालू आबको पहिलो ६ महिनामा सरकारले जम्मा १४ दशमलव ४५ प्रतिशत मात्र पूँजीगत खर्च गरेको छ । सो अबधिमा सरकारको चालू खर्च भने ४१ प्रतिशत पुगेको छ ।

तर, हालसम्म कुन शिर्षकमा कति राजस्व उठ्यो भन्ने एकिन विवरण नआइसकेको ढुङ्गानाले जानकारी दिए । ‘हालसम्म कति राजस्व उठ्यो भन्ने मात्र तथ्याङ्क छ,’ उनले भने, ’ उनले भने, ‘तर कुन शिर्षकमा कति रकम उठ्यो भन्ने आँकडा निकाल्न बाँकी नै छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL