Logo

राष्ट्रिय पार्टीमा दर्ज भए ५ राजनीतिक दल, यस्तो छ मतपरिणाम

राष्ट्रिय पार्टीमा दर्ज भए ५ राजनीतिक दल, यस्तो छ मतपरिणाम


बिजखबर संवाददाता
783
Shares

काठमाडौं । हालसम्मको प्रतिनिधिसभाको समानुपातिक मतगणना अनुसार ५ वटा राजनीतिक दल राष्ट्रिय पार्टीमा दर्ज भएका भएका छन् ।
बिहान ११ बजेको नतिजा अनुसार नेकपा एमाले कुल २६ लाख ६२ हजार मत सहित पहिलो स्थानमा रहेको छ । यसैगरी एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । हालसम्म नेपाली कांग्रेसले २५ लाख ७६ हजार मत सहित दोस्रो स्थानमा रहेको छ ।
हालसम्मको मत परिणाम अनुसार माओवादी केन्द्रले १० लाख ६७ हजार मत प्राप्त गर्दै तेस्रो स्थानमा हरेको छ ।

यसैगरी, दुईवटै मधेसी पार्टी राष्ट्रिय पार्टीमा दर्ज भएका छन् । उनीहरुले समानुपातिकमा ३ लाख मत प्राप्त गर्दै राट्रिय पार्टी बनेका हुन् । हाललसम्म संघीय समाजवादी फोरम, नेपालले ३ लाख ६२ हजार मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ भने राष्ट्रिय जनता पार्टी नेपाल ३ लाख ६ हजार मत प्राप्त गरी पाचौं स्थानमा रहेको छ ।

यस अघि २०७० सालको निर्वाचनमा समानुपातिकमा उच्च मत प्राप्त गर्दै धेरै सिट हात पारेको राष्ट्रिय प्रजातन्त्र पार्टी यस पटक भने राष्ट्रिय पार्टी नबन्ने निश्चित जस्तै भएको छ । हालसम्मको मतपरिणाम अनुसार राप्रपाले १ लाख ७६ हजार मत प्राप्त गर्दै छैठौं स्थानमा रहेको छ ।
यसैगरी यस पटकको निर्वाचनमा उदाएको विवेकशिल साझा पार्टीले पनि ३ लाख मत नकटाउने पक्कापक्कीजस्तै भएको छ ।

हालसम्म समानुपातिकतर्फ ६० भन्दाबढी जिल्लाको मतगणना सकिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL