Logo

कुस्मा-बुटवल ट्रान्समिसन लाइन निर्माणको जिम्मा भारतीय कम्पनीलाई, २ बर्षभित्रै निर्माण सम्पन्न

कुस्मा-बुटवल ट्रान्समिसन लाइन निर्माणको जिम्मा भारतीय कम्पनीलाई, २ बर्षभित्रै निर्माण सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुस्मा—बुटवल २२० केभी ट्रान्समिसन लाइन विस्तारको जिम्मा भारतीय कम्पनीले पाएको छ । नेपाल विद्युत प्राधिकरणले दोस्रो पटक टेण्डर आब्हान गरेर भारतीय कम्पनीले लर्सेन एण्ड टुब्रोलाई निर्माणको जिम्मा दिइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणका अनुसार सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कममा विडिङ गर्ने सो कम्पनीले निर्माणको जिम्मा पाएको हो । प्राधिकरणले सो प्रशारणलाईन निर्माणको लागि २ करोड २३ लाख ९९ हजार अमेरिकी डलर अर्थात करिब साढे २ अर्ब रुपैयाँमा ठेक्का दिएको हो ।

निर्माण जिम्मा पाएको २ बर्ष भित्रै सम्मपन्न गर्ने गरी भारतीय कम्पनीलाई ठेक्का दिइएको समेत घिसिङले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL