Logo

भारतसँग १६० मेवा बिद्युत खरिद सम्झौता, हिउँदमा लोडसेडिङ नहुने

भारतसँग १६० मेवा बिद्युत खरिद सम्झौता, हिउँदमा लोडसेडिङ नहुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको १ सय ६० मेगावाट विजुलीको विद्युत खरिद सम्झौता गरेको छ । आउदो हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट आयात भइरहेको बिजुली आयातलाई निरन्तरता दिनेगरी खरिद सम्झौता गरेको हो ।

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनपीटीसी विद्युत् व्यापार निगम (एनभीभीएन) का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका छन् । यो सम्झौता डिसेम्बरसम्मका लागि मान्य हुनेछ । तर, दुबै देशका सचिवस्तरिय बैठक बसेर आउदो जनवरीदेखि बिजुली आयातको पुनः म्याद थप गरिने भएको छ ।

ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको म्याद अक्टुबरमा सकिने भएपछि विद्युत् प्राधिकरण र भारतको एनपीटीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच शुक्रबार भारतको नयाँ दिल्लीमा सम्झौता भएको हो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आयात भइरहेको छ ।

प्राधिकरणका अनुसार प्रति युनिट ५ रुपैयाँ ७६ पैसा अर्थात भारु ३ रुपैयाँ ६० पैसामा खरिद सम्झौता गरिएको हो । तर, सो प्रसारणलाइनबाट बिजुली आपूर्ति गरेवापत वार्षिक १ अर्ब ९ करोड रुपैयाँ ट्रान्समिसन कम्पनीलाई तिर्नुपर्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

प्राधिकरणले सो प्रसारणलाइनलाई २२० केभीमा चार्ज गरेर भारतबाट २ सय मेगावाट ल्याउने विद्युत तयारी गरेको थियो । तर, सो सब स्टेशन निर्माण सम्मपन्न नभएकाले तत्कालका लागि १ सय ६० मेवा मात्र ल्याउन लागिएको हो ।

यसैगरी प्राधिकरणले आज नै टनकपुरबाट थप ५ मेवा विजुली आयातको सम्झौता गरेको छ । भारतसँगको विद्युत खरिद सम्झौतासँगै हिउँदको समयमा लोडसेडिङ हटाउन सहज हुने प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL