Logo

गौतम बुद्ध विमानस्थलको ठेकेदारलाई ठेक्का रद्द गर्ने अन्तिम चेतावनी

गौतम बुद्ध विमानस्थलको ठेकेदारलाई ठेक्का रद्द गर्ने अन्तिम चेतावनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पाएको चिनीयाँ कम्पनीलाई चेतावनी दिएको छ । चिनीयाँ ठेकेदार नर्थ वेष्ट सिभिल एभिएसन कम्पनीलाई २ महिनाभित्र सन्तोसजनक काम नगरेमा ठेक्काको सम्झौता रद्द गर्ने चेतावनी दिएको हो ।
विमानस्थलका आयोजना प्रमुख ओम शर्माका अनुसार ठेकेदार कम्पनीले सन्तोसजनक काम नगरेको भन्दै गत साता चेतावनीसहित पत्राचार गरेको हो । ‘मासिक कम्तिमा ५ प्रतिशत काम हुनुपर्नेमा शून्य दशमलब ५ प्रतिशत मात्र गरेको छ,’ उनले भने, ‘त्यसैले हामीले अन्तिम चेतावनी दिएका हौ ।’
उनका अनुसार हाल नयाँ ठेकेदार ल्याउनका लागि टेण्डर प्रक्रिया गर्ने तयाी समेत गरिसकेको छ । ‘पटक पटक चेतावनी दिदाँ पनि सन्तोसजनक काम गरेन,’ उनले भने, ‘ त्यसैले नयाँ कम्पनीलाई काम जिम्मा दिन टेन्डरसम्बन्धी कागजपत्र तयार गरिरहेका छौं ।’
तर २ महिनामा सोचे अनुसारको काम भएमा भने ठेक्का रद्ध नगरिने  उनले बताए । सो ठेकेदार कम्पनीले कर्मचारी तथा आर्थिकव्यवस्थपन गर्न नसक्दा काम अगाढी नबढेको हो ।
यसअघि निर्माणको ठेक्का पाएको चिनियाँ नर्थ वेष्ट सिभिल एभिएशन र सह ठेकेदार नर्थवेष्ट इन्फा नेपाल प्रालीबीच विवादले काम रोकिएको थियो ।
विमानस्थलमा २ फिट डेढ मिटर मोटाइका ३ हजार मिटर कच्ची धावनमार्ग निर्माण, अन्तरराष्ट्रिय ट्रमिनल भवनको बेसमेण्ट निर्माणकार्य, घाघरा खोला डाइभर्सनलगायत कामहरू पूरा भएको हो । त्यस्तै तिनाउ खोलाबाट हालसम्म डेढ लाख घनमिटर नदीजन्य सामग्री दैनिक (धावनमार्ग बनाउन आवश्यक गिट्टी) निकालि सकेको छ ।
क्षेत्रफलका हिसाबले यो विमानस्थल मुलुककै सबैभन्दा ठूलो विमानस्थल बन्नेछ ।  एशियाली विकासको ऋण सहयोगमा सो विमानस्थल निर्माण शुरु भएको हो । चीनको नर्थ वेष्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लख रुपैयाँमा विमानस्थलको निर्माण गर्ने सम्झौत गरेको थियो  ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL