Logo

सिएनआईको आगामी अध्यक्षमा सतिशकुमार मोर

सिएनआईको आगामी अध्यक्षमा सतिशकुमार मोर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को वरिष्ठ उपाध्यक्षमा सतिशकुमार मोर चयन भएका छन् । सिएनआईको १४ औं बार्षिक साधारणसभाले उनलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।

सिएनआईको विधान अनुरुप वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुनेछ । जस अनुरुप मोर अबको एक बर्ष सिएनआईको अध्यक्ष हुनेछन् ।

सिएनआईले उपाध्यक्ष मोरलाई उनको कार्यक्षमता तथा दक्षताका आधारमा वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । सिएनआईको १३ औं साधारणसभाबाट उनी उपाध्यक्ष चयन भएका थिए ।

सिएनआईको १३ औं साधारणसभाले ५ जना उपाध्यक्ष चयन गरेको थियो । सोही मध्यबाट मोरलाई वरिष्ठमा चयन गरिएको हो । मोर नेपालको अग्रणी व्यवसायीक समुह लक्की ग्रूपका अध्यक्ष हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL