Logo

२४ बर्षमा जलविद्युत आयोजनामा ७ खर्ब लगानी

२४ बर्षमा जलविद्युत आयोजनामा ७ खर्ब लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा जलविद्युत क्षेत्रमा हालसम्म पौने ७ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक अनुसार २०५० सालदेखि हालसम्म ६ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धतासहित जलविद्युत आयोजना दर्ता भएका हुन् ।

२४ बर्षको अबधिमा २ सय ८७ ओटा जलविद्युत आयोजना दर्ता भएको उद्योग बिभागले जानकारी दिएको छ । ती उद्योग २८ हजार ५ सय ८१ जनालाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता सहित उद्योग विभागमा दर्ता गरिएका हुन् ।

सो अबधिमा दर्ता भएकामध्ये ७ ओटा आयोजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको लगानी छ । त्यस्तै ५ ओटा शतप्रतिशत विदेशी लगानीका उद्योग दर्ता भएका छन् ।

२०७० सालमा सबैभन्दा बढी जलविद्युत आयोजना दर्ता भएका थिए । २०५० सालदेखि विभागमा जलविद्युत आयोजना दर्ता भएकोमा २०७० सालमा ५९ ओटा दर्ता भएका थिए । सो अवधिमा २ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको लगानीको प्रस्ताब आएको हो । २०५० सालमा पहिलो पटक हिमाल पावर लिमिटेड दर्ता भएको थियो ।

त्यसो त नेपालमा हाल ९ सय २५ मेगावाटको आयोजना सञ्चालनमा रहेको तथ्यांक सार्बजनिक भएको छ । त्यस्तै २८ सय ३८ मेगावाटको आयोजना पाइपलाइनमा छन् ।

सोहि आयोजना सञ्चालनमा ल्याइ ७ बर्षमा १७ हजार मेगावाटको विद्युत उत्पादनको लक्ष्य सरकारको छ । हाल देशभर १२ सय ८२ मेगावाट आयोजना आवश्यक छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL