Logo

सार्बजनिक संस्थानको अबस्था सुध्रियो, संचालनमा रहेका ३५ मध्ये ७ मात्र घाटामा

सार्बजनिक संस्थानको अबस्था सुध्रियो, संचालनमा रहेका ३५ मध्ये ७ मात्र घाटामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा सार्बजनिक संस्थानको अवस्था सुध्रिएको छ । भर्खरै अर्थ मन्त्रालयले सार्बजनिक गरेको सार्बजनिक संस्थानहरुको वित्तीय बिवरण अनुसार सरकारी स्वामित्व अन्तरगत संचालनमा रहेका ३५ संस्थानमध्ये २८ वटा सार्बजनिक संस्थान नाफामा गएका छन् ।

गत आर्थिक बर्षमा कुल १२ वटा संस्थान घाटामा रहेकोमा यस वर्ष सुधार हुँदै ७ वटामा झरेको हो । गत आवमा घाटामा रहेका खाद्य संस्थान, जनक शिक्षा सामग्री, राष्ट्रिय आवास कम्पनीजस्ता संस्थान नाफामा गएका छन् ।

सो अवधिमा सरकारले संस्थानमा गरेको लगानीबाट २० अर्ब ४३ करोड ५५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । जसमा सबैभन्दा बढी आम्दानी नेपाल दूर संचार कम्पनीबाट हुने देखिएको छ । सरकारले दूर संचार कम्पनीबाट मात्रै १६ अर्ब ७४ करोड ६२ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत आवमा दूर संचार कम्पनीबाट १३ अर्ब २७ करोड रपैयाँ आम्दानी गरेको थियो । यसैगरी कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक सरकारलाई बढी नाफा दिने कम्पनीको अग्र पंतीमा रहेको छ ।

सो अबधिमा नेपाल विद्युत प्राधिकरणबाट भने सबैभन्दा बढी घाटा हुने प्रक्षेपणले देखाएको छ । प्राधिकरणबाट ७ अर्ब ९७ करोड रुपैयाँ घाटा हुने अर्थ मन्त्रालयद्वारा सार्बजनिक पहेलो किताबमा उल्लेख छ । यसैगरी आव २०७३÷७४ मा नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट, नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, नेपाल टेलिभिजन र नेपाल खानेपानी संस्थान भने घाटामा रहेका छन् । सो अबधिमा नेपाल टेलिभिजन र खानेपानी संस्थानको घाटा भने उच्च रुपमा बढेको छ ।

हेर्नुहोस कुन संस्थानले कति कमाए ?

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL