Logo

नाकाबन्दीमा ल्याएको ‘इन्डक्सन’ भर्खर तात्दै, १२ हजारबाट ओरालो लाग्दै ४ हजारमा आयो

नाकाबन्दीमा ल्याएको ‘इन्डक्सन’ भर्खर तात्दै, १२ हजारबाट ओरालो लाग्दै ४ हजारमा आयो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चीन सरकाले नाकाबन्दीको समयमा उपलब्ध गराएको ‘इन्डक्सन चुलो’ लाई नेपाल सरकारले भर्खर मात्र बिक्री प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि मूल्य निर्धारणसम्बन्धमा विवादमा रहेको सो इन्डक्सनलाइ अर्थ मन्त्रालयले सहमति दिएसँगै बिक्री प्रक्रिया अघि बढाएको हो ।

मूल्य समायोजनका लागि अर्थ मन्त्रालयले सहमति दिएको र १२ दिनभित्रै संचालक समितिको बैंठक बसेर नयाँ मूल्य निर्धारण गरिने नेशनल ट्रेडिङका महाप्रबन्धक लबराज जोशीले जानकारी दिए । शुरुमा इन्डक्सन चुलोको मूल्य निर्धारण गर्न गठित उपसमितिले चुलोको मूल्य निर्धारण गर्दै प्रतिगोट मूल्य ४ हजार ५ सय रुपैयाँ तोक्न सिफारिस गरेको थियो । तर, अहिलेको अवस्थामा आइपुग्दा बजार भाउ अनुसार सो मूल्य पनि बढी भएकाले त्यसलाई अझै घटाउन लागिएको हो ।

चीन सरकारले नेपाललाई प्रतिगोटा मूल्य ११ हजार ९ सय ९५ रुपैयाँमा उपलब्ध गराएको थियो । तर, नाकाबन्दीको समयमा मूल्य निर्धारणमा समस्या भएकाले बेच्न नसकिएको र अहिले बजारमा त्यसको माग नै नभएकाले ४ हजार ५ सय रुपैयाँमा पनि बेच्न नसकिने जोशी बताउँछन् । ‘अबका दिनमा प्रतिगोटा मूल्य ४ हजार वा सोभन्दा पनि कम निर्धारण गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘सो विषयमा केही दिनभित्रै टुङ्गो लाग्ने छ ।’ नयाँ मूल्यलाई अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय र नेशनल ट्रेडिङका प्रतिनिधि रहेको समतिले मान्यता दिनुपर्ने हुन्छ ।

त्यतिवेला चीन सरकारले दुई पटक गरेर नेपाललाई ११ हजार ३ सय थान इन्डक्सन चुलो उपलब्ध गराएको थियो । ती मध्ये १ हजार ३ सय थान नेशनल ट्रडिङको गोदाममा रहेको र अन्य इन्टक्सन चुलो अहिलेसम्म पनि भन्सारमै रहेको छ । हाल भन्साररमा रहेको चुलोको भन्सार शुल्क र डिमरेज शुल्क मात्र ४ करोड र रुपैयाँ पगिसकेको जोशीले जानकारी दिए । उक्त इन्डक्सन बेच्दा नेपाल सरकारलाई १२ करोड रुपैयाँभन्दा बढी रकम घाटा हुने देखिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL